पत्रकारिता छाडेर राजनीतिमा पौडेल

पोखरा ।
पत्रकार उत्तम प्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सदस्यता लिएर आफ्नो राजनीति यात्राको सुरुवात गरेका छन्। पोखरा घर भएका पत्रकार पौडेलले रास्वपा सभापति रवि लामिछाने बाट सदस्यता लिँदै नयाँ यात्रा सुरुवात गरेका हुन्।

 

उनले पोखरामा रहेर गरेको दुई दशकभन्दा लामो सक्रिय पत्रकारिता यात्रालाई टुंग्याउँदै राजनीतिमा प्रवेश गरेका हुन्। पौडेलले २२ वर्षअघि माछापुच्छ्रे एफएमबाट आफ्नो पत्रकारिताको यात्रा सुरु गरेका थिए। कास्कीको एउटा एफएमबाट बाट पत्रिकारिता करिअर सुरु गरेका पौडेलले आफुलाई चांडै मूलधारको पत्रकारितामा उभ्याउन सफल भए । त्यसपछि उनले आफ्नो पेशालाई थप ब्यबसायिक बनाउँदै राष्टिय टेलिभिजन न्युज २४ फोर हुँदै ग्यालेक्सी फोकेमा गण्डकी ब्युरो प्रमुखका रुपमा कार्यरत थिए । उनले टेलिभिजन पत्रकारिता मार्फत आवाजविहीनहरुको आवाज बाहिर ल्याउने गरेका थिए। उनले पत्रकारिता पेशाबाट आफ्नो जीविकोपार्जनमात्र नभएर देश र समाजका लागि पनि योगदान दिइरहेका थिए। पौडेलले बदलिँदो समय, सूचना प्रविधिमा आएको फड्कोलाई मध्यनजर गर्दै आफुलाई पनि अपडेट गर्दै विवादरहित कन्टेन्टहरु प्रस्तुत गरेका थिए। पत्रकारितामा रहँदा उनि व्यावसायिक मर्यादाबाट कहिले विचलित भएनन। उनले तथ्यमा टेकेर निरन्तर टेलिभिजन पत्रकारितालाई अगाडी बढाएर सामाजिक र राजनीतिक बहस गराई त्यसलाई टुंगोमा पुर्याएको घटनाहरु पनि थुप्रै छन्।

 

 

उनकै स्वतन्त्र पत्रकारिताले कति लाई त कानुनी दायरामा ल्याउन बाध्य पारेका छन्। पत्रकारितामा स्वभाविक रुपमा डर, धम्की, त्रास, प्रलोभन आइरहन्छ । पौडेलले पनि भ्रष्टाचार र सामाजिक बिकृति, हेपाहा प्रवृति विरुद्दका समाचार लेख्दा पटक/पटक धम्कीको सामना गरेका छन् । तर, उनि आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध रहेर पत्रकारिताबाट कहिले पनि विचलित भएनन् । उनले लेखेका र प्रस्तुत गरेका विषयवस्तुहरुबाट जनता, समाज र राष्ट्रलाई हित भएका त्यस्ता थुप्रै घटनाहरु पनि रहेका छन्। उनको पत्रकारिताले पढ्न नपाएका विद्यार्थीलाई मनकारी दाताले सहयोग गरे, विरामीले उपचार पाए, अलपत्र परेकाको उद्दार भयो, समग्रमा पीडित, दिनदुखीले न्याय पाए । भ्रष्टाचारी कानुनी कठघरामा उभिए । यसर्थ उनि टेलिभिजन पत्रकारितामा अब्बल थिए।

 

पौडेलले अब भने पत्रकारितालाई बिट मार्दै नयाँ राजनीतिक दल रास्वपा मार्फत प्रतिष्पर्धात्मक राजनीतिमा होमिएका छन्। अहिले सम्म पुराना राजनीतिक दलहरुले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू जनताले आशा गरेको नयाँ पार्टी रास्वपाबाट राजनीतिमा आउन बाध्य भएको पौडेलले बताए । उनले भने,‘मेरो जीवनको २० वर्ष पत्रकारिता क्षेत्रमा सकियो। पत्रकारको आँखाले देखेको सामाजिक विकृति हटाउन जनतासँगै मैदानमा रहेर काम गर्छु भन्ने सोच आयो। राजनीतिक दल त मेरो ‘प्लाटफम’ मात्रै हो, राजनीति राज्यको नीति तथा अवधारणा भएकाले यसको सम्बन्ध सभ्यता, संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ। राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कमाइ खाने भाँडो बनाउनु हुँदैन।’

 

अब सुशासनको घण्टी बजाउँदै राजनीतिको फोहोर सफा गर्न उनको भनाइ छ । डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने, परिवारवादलाई पूर्णरुपमा निषेध गर्ने, भातृ संगठन र कार्यकर्तारहित पार्टी हुने तथा उद्योगी व्यापारीबाट कहिल्यै चन्दा नलिने नीति उक्त पार्टीको छ । बेतिथी र अराजकताविरुद्ध सधैं प्रश्न गर्ने पौडेल अब आफैं उत्तर दिने ठाउँमा पुगेका छन् । पौडेलले भने, ‘राजनीति फोहोर भयो भनेर किनारमा बसी औँला ठड्याएर मात्र युवाको दायित्व पूरा हुँदैन। हामी आफै राजनीतिभित्र पसेर यसलाई सफा गर्ने आँट गर्नैपर्छ । यदि यस्तो आँट नगर्ने हो भने खराब मानिसबाट सधैँ शासित हुनुपर्छ । युवा र राजनीतिसँग अभिन्न रूपले जोडिएका थुप्रै सवालहरु छन् । जस्तो कि राजनीति केवल सान, र पदका लागि मात्र गर्ने कि, विकास र समृद्धिका लागि ? राजनीतिलाई सेवा ठान्ने कि पेसा बनाउने ? युवालाई वर्तमानको साझेदार मान्ने कि भविष्यको भागिदार ? असल नीतिहरूको नीति राजनीति बनाउने कि, खराबहरूको शासन व्यवस्थाको भरिया बनाउने ? पालो कुरेर ऊर्जा मरिसकेपछि जिम्मेवारीमा आउने कि, समयमै पहलकदमी लिने ? यिनै प्रश्नहरुको जवाफ दिनको लागि पनि म राजनीतिमा आएको हुँ। ‘

 

यस अघि हुँदो हो त उनी जनतालाई सुसूचित गराउन र राज्यलाई खबरदारी गर्ने खोजमूलक रिपोर्ट तयारीको दौडधुपमा व्यस्त रहन्थे तर पछिल्लो समय उनको दैनिकी अब फेरिएको छ । उनको खोज अनुसन्धान अबको नेतृत्व र जनतासमक्ष पुग्ने राजनीतिक एजेन्डा कस्तो रहनुपर्छ भन्ने विषयमा रहेको छ । सञ्चार क्षेत्रको बृहत् आकारबाट समाजका गतिविधि राजनीतिक पृष्ठभूमिलाई नियाल्न पुगेका उनी आफूले बुझेका कुरा व्यवहारमा उतार्न राजनीति मैदानमा उत्रिने निर्णय गरेको बताउँछन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...