शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा “शंकर बिसी डान्स एकेडेमी” सञ्चालनमा ल्याए

काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक अर्थात लोक दोहोरीको महानायक भनेर चिनिने शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा “शंकर बिसी डान्स एकेडेमी” सञ्चालनमा ल्याएका छन् । बिगत लामो समयदेखि नृत्यको क्षेत्रमा ख्याती कमाएका बिसीले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उदेश्यले काठमाडौं ३ महाराजगन्ज चोकमा डान्स एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

डान्स एकेडेमीको उद्घाटन बरिष्ठ कलाकार मिथिला शर्माद्धारा गरिएको थियो । उद्घाटनमा नेपाली गीत संगीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा लोकप्रिय मोडल तथा डान्सरहरु महेन्द्र गौतम र कृष्ण रसाईलीले पनि शुभकामना दिए ।

शंकर बिसीले विगत लामो समयदेखि डान्स सिकाउदै आएका थिएँ । बिचमा कोरोना महामारी र लकडाउनले गर्दा प्रभावित भयो । लकडाउनका कारण उनले सञ्चालनमा ल्याएको डान्स एकेडेमी बन्द भएको थियो । अब स्थायीरुपले एकेडमी चलाउने उनको सोच रहेको कुरा बताए ।

शंकर बिसी डान्स एकेडेमीमा बिभिन्न प्रकारका मौलिक नृत्य सहित अन्य प्रकारका नृत्यहरु सिक्न पाईन्छ । शंकर बिसी भन्छन् लगातार नृत्य सिकेपछि नाच्नै नजान्ने ब्यक्तिलाई पनि नाच्न सक्ने बनाउछु ।

अन्य कलाकारहरुले पारिश्रमिक बढाएर महंगो बनाएर सांगीतिक क्षेत्रलाई डुबाउन खोजेको गुनासो गर्दै आगामी दिनमा अरुले जे जस्तो गरेतापनि आफुले पारिश्रमिक नबढाएर सबैले भिडियो बनाउन सक्ने स्थिती श्रृजना गर्ने, यो क्षेत्रलाई पनि टिकाउने सोच रहेको करा बिसीले बताए ।

शंकर बिसी डान्स एकेडेमीमा असार १० गते आईतबारदेखी बिहानी कक्षा, दिवा कक्षा, रात्रीकालिन् कक्षा सञ्चालन हुने कुरा शंकर बिसीले बताए । साथै सञ्चालन भएको केही महिना सम्म बिशेष छुटको ब्यवस्था भएको कुरा उनले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...