चर्चित गायक सुमन परियारको गीत “पाईला पाईला ठेस कठै मेरो देश” कसरी बन्यो बिबादीत ? (भिडियो सहित)

काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीमा अब्बल मानिएका लोकप्रिय दोहोरी गायक सुमन परियारको नयाँ सांगितिक कोसेली “पाईला पाईला ठेस कठै मेरो देश” बोलको समसामायिक देशभक्ति गीत सार्वजनिक भएको छ।

 

सुप्रसिद्ध दोहोरी गायिका सुमन परियारको सुमधुर आवाजमा सजिएको गीतमा गायक परियार कै उत्कृष्ट लय, शब्द सृर्जना रहेको छ । गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् । गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । युटुव र टिकटकमा गीत निकै रुचाईएको छ । गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । परियारले गीतमा कानुन, जातको, धर्म, रोजगार र बैदेशिक यात्रा गरि पाँचबाट समसामायिक बिषयका मुद्दाहरुलाई भिडियोमा चित्रण गरेका छन् ।

 

जेरी भण्डारीको कथा एवम् निर्देशनमा निर्माण गरिएको गीतको म्युजिक भिडियोमा सुमन परियार, क्रिस्टल सापकोटा र सुजन कोईराला दमदार अभिनय रहेको छ । गीतको म्युजिक भिडियोमा सुमनले आफुलाई फरक फरक विषयबस्तु र फरक फरक शैलीमा उतारेका छन् । राजाको फोटो कुल्चिएको दुश्य देखेपछी सुमनले कुल्चिएको फोटो हातमा लिएर फोटो ढोग्दै गीतको सुरुवात गरेका छन् ।

 

जव उनि राजाको फोटो झोलामा राख्दै अफिस पुग्छन् तव एक महिला ढोकाबाट भित्र छिर्छिन् र आफ्नै बचाऊ बचाऊ भन्दै चर्को स्वरमा कराऊन् थाल्छिन् । पछि उनलाई प्रहरी आएर हातकड्डी लाएर विना गल्तिको सजाय दिईन्छ । पैसाको लागि केही महिलाहरु इज्जत किनवेच गर्छन् जे पनि गर्छन् भन्ने सन्देश भिडियोमा दिन खोजेका छन् ।

 

सुमनले गीतमा जातिय विभेदको विषय पनि देखाएका छन् । एक्काईसौं शताब्दीमा पनि परियार भएकै कारण उनले कोठा नपाएको घटनालाई स्षष्ट पारेका छन् । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन् भन्ने गरिन्छ यद्धबी समाजमा अझै जातिय विभेद अन्तन्य भई नसकेको कुरा गीतमा प्रष्टाएका छन् ।

 

सुमनले गीतमा धर्मको बिषयलाई पनि उठाएका छन् । धर्म कमाई खाने भाँडो भएको छ । मान्छेलाई अनेक प्रभोलन देखाएर क्रिस्चियनहरुले पैसामा धर्म किनेको कथा देखाईएको छ । यतिवेला क्रिस्चियन धर्म मान्नेहरुले गीत प्रति आक्रोश पोखेका छन् । धर्मको कुरालाई लिएर गीत बिबादमा मुछिएको छ ।

 

 

देशमा गरेर खाने परिस्थिती नभएपछी प्रदेश जानु पर्ने वाध्यतालाई पनि परियारले गीतमा देखाएका छन् । जनताहरु सहकारीबाट ठगिएका, शैक्षिक प्रमाण पत्र भए पनि देशैमा जागिर खाने अवस्था नरहेको, पार्सपोर्ट बनाऊन जादा सर्व(साधारण जनताले अनेक झमेला सहनु परेको विषय पनि गीतमा समेटिएको छ । अन्तमा परियार आफैं प्रदेशीएर गीतको समापन गरेका छन् ।

 

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा प्रकाश खड्काले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय बनेको गीत यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । यसअघि सुमन परियारले गाएका सयौं लाईभ दोहोरी गीतहरुलाई दर्शक स्रोताहरुले सर्वाधिक रुचाएका छन् । रानी हजुर, आशु पैंचो, झम्के साझैमा, नरोऊ नरोऊ नभन, मायाले फसायो, घुम्ति घुम्ति रोड लगायत परियारका गीतहरु सर्वाधिक चर्चामा छन् ।

गीत Suman Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...