चर्चित गायक सुमन परियारको गीत “पाईला पाईला ठेस कठै मेरो देश” कसरी बन्यो बिबादीत ? (भिडियो सहित)

काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीमा अब्बल मानिएका लोकप्रिय दोहोरी गायक सुमन परियारको नयाँ सांगितिक कोसेली “पाईला पाईला ठेस कठै मेरो देश” बोलको समसामायिक देशभक्ति गीत सार्वजनिक भएको छ।

सुप्रसिद्ध दोहोरी गायिका सुमन परियारको सुमधुर आवाजमा सजिएको गीतमा गायक परियार कै उत्कृष्ट लय, शब्द सृर्जना रहेको छ । गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् । गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । युटुव र टिकटकमा गीत निकै रुचाईएको छ । गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । परियारले गीतमा कानुन, जातको, धर्म, रोजगार र बैदेशिक यात्रा गरि पाँचबाट समसामायिक बिषयका मुद्दाहरुलाई भिडियोमा चित्रण गरेका छन् ।

जेरी भण्डारीको कथा एवम् निर्देशनमा निर्माण गरिएको गीतको म्युजिक भिडियोमा सुमन परियार, क्रिस्टल सापकोटा र सुजन कोईराला दमदार अभिनय रहेको छ । गीतको म्युजिक भिडियोमा सुमनले आफुलाई फरक फरक विषयबस्तु र फरक फरक शैलीमा उतारेका छन् । राजाको फोटो कुल्चिएको दुश्य देखेपछी सुमनले कुल्चिएको फोटो हातमा लिएर फोटो ढोग्दै गीतको सुरुवात गरेका छन् ।

जव उनि राजाको फोटो झोलामा राख्दै अफिस पुग्छन् तव एक महिला ढोकाबाट भित्र छिर्छिन् र आफ्नै बचाऊ बचाऊ भन्दै चर्को स्वरमा कराऊन् थाल्छिन् । पछि उनलाई प्रहरी आएर हातकड्डी लाएर विना गल्तिको सजाय दिईन्छ । पैसाको लागि केही महिलाहरु इज्जत किनवेच गर्छन् जे पनि गर्छन् भन्ने सन्देश भिडियोमा दिन खोजेका छन् ।

सुमनले गीतमा जातिय विभेदको विषय पनि देखाएका छन् । एक्काईसौं शताब्दीमा पनि परियार भएकै कारण उनले कोठा नपाएको घटनालाई स्षष्ट पारेका छन् । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन् भन्ने गरिन्छ यद्धबी समाजमा अझै जातिय विभेद अन्तन्य भई नसकेको कुरा गीतमा प्रष्टाएका छन् ।

सुमनले गीतमा धर्मको बिषयलाई पनि उठाएका छन् । धर्म कमाई खाने भाँडो भएको छ । मान्छेलाई अनेक प्रभोलन देखाएर क्रिस्चियनहरुले पैसामा धर्म किनेको कथा देखाईएको छ । यतिवेला क्रिस्चियन धर्म मान्नेहरुले गीत प्रति आक्रोश पोखेका छन् । धर्मको कुरालाई लिएर गीत बिबादमा मुछिएको छ ।

देशमा गरेर खाने परिस्थिती नभएपछी प्रदेश जानु पर्ने वाध्यतालाई पनि परियारले गीतमा देखाएका छन् । जनताहरु सहकारीबाट ठगिएका, शैक्षिक प्रमाण पत्र भए पनि देशैमा जागिर खाने अवस्था नरहेको, पार्सपोर्ट बनाऊन जादा सर्व(साधारण जनताले अनेक झमेला सहनु परेको विषय पनि गीतमा समेटिएको छ । अन्तमा परियार आफैं प्रदेशीएर गीतको समापन गरेका छन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा प्रकाश खड्काले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय बनेको गीत यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । यसअघि सुमन परियारले गाएका सयौं लाईभ दोहोरी गीतहरुलाई दर्शक स्रोताहरुले सर्वाधिक रुचाएका छन् । रानी हजुर, आशु पैंचो, झम्के साझैमा, नरोऊ नरोऊ नभन, मायाले फसायो, घुम्ति घुम्ति रोड लगायत परियारका गीतहरु सर्वाधिक चर्चामा छन् ।

गीत Suman Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...