नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक संगीत विभागद्वारा आयोजित लोपोन्मुख “असारे र दाइँ गीत” विषयक सङ्गोष्ठी काठमाडौंमा

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक संगीत विभागद्वारा आयोजित लोपोन्मुख “असारे र दाइँ गीत” विषयक सङ्गोष्ठी काठमाडौंमा भएको छ ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति शम्भु राईको सभाध्यक्षमा संचालन भएको कार्यक्रममा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव कुश्मा महरा र संस्कृतविद तथा पुर्व माननिय बम कुमारी बुढाको विशिष्ट आतिथ्यतामा प्राज्ञहरु, परिषद सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनीधीहरुको उपस्थीती रहेको थियो ।

 

कार्यक्रमको उद्घाटन लुगुम्याल चेलीबेटी आमा समुहको पञ्चेबाजाको तालसंगै प्रमुख अतिथीको हातबाट दियो बालेर गरिएको हो । उक्त कार्यममा लोक संगीत विभाग प्रमुख प्राज्ञ टिका पुनले स्वागत मन्तब्य राखेकी थिईन् ।

 

असारे गीत र दाइँ गीत माथी गायक तथा सर्जक किरण बाबू पुनले प्रस्तुत गरेको कार्यपत्र माथि प्राध्यापक डाक्टर ध्रुव प्रसाद भट्टराई र संस्कृतविद तथा पुर्व सांसद बमकुमारी बुढामगरले टिप्पणी गरेका थिए ।

 

असारे गीत र दाइँ गीतको परिभाषा, महत्व र वर्गीकरणको विषयमा प्रस्तुतकर्ता किरण बाबू पुनले कार्यपत्र प्रस्तुत गरेका हुन् । असारे गीत र दाइँ गीत माथी टिप्पणीकर्ता डा.ध्रुव प्रसाद भट्टराईले सकारात्मक टिप्पणी गर्दै कार्यपत्र पस्तुत गर्दा मुख्य विषयवस्तु मात्र समावेस गरेर छोटो बनाउन समेत सुझाव दिएका थिए ।

 

असारे र दाइँ गीतलाई रोल्पातिर मकै गोड्दा गाइने गीतसँग तुलना गर्दै संस्कृतविद बम कुमारी बुढाले टिप्पणी गरेकी हुन् । कार्यपत्र प्रस्तुतकर्ता किरणबाबु पुनको यो प्रयास अनि यात्रालाई बधाई दिदै आगामी दिनको लागि शुभकामना समेत दिएकी हुन् ।

 

उक्त कार्यक्रममा अथार मगरात कलाकार संघका कलाकारहरु मार्फत “दाइँ गीत”, पञ्चरंग भजन समुहबाट “नेवारी असारे गीत”, शिव नारायण जोशीको समुहबाट “घाँसे गीत”, हाँस्यकलाकार खबपुको हाँस्य प्रस्तुती, गायक विपीन घिमीरे र गायिका शिला बिष्टले ‘देउडा गीत’ प्रसतुत गरेका थिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बम बहादुर कार्कीले आफु यस्तो कार्यक्रममा जोडिएर केहि कुरा सिक्न पाएकोमा हर्षित भएको भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

 

बम बहादुर कार्कीले प्रतिष्ठान फुटायो भन्नेहरुलाई आफुले कसैलाई फुटाउन भन्दा पनि जुटाउनको लागी नयाँ संस्था खोलेको जानकारी गराएका थिए । लोक दोहोरीको मात्र नभएर हरेक विधाका कला, संस्कृती, मौलीक संस्कृतीलाई जगेर्ना गर्ने उद्देश्य भएको कुरा समेत प्रष्ट पारेका हुन ।

 

संचारकर्मी हरि पुन मगरले उद्घोषण गरेको उक्त संगोष्ठीलाई सभाध्यक्ष शम्भु राईले औपचारिक रुपमा समापन गरेका थिए

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...