सुरुमा डाईनिङमा काम गरेकी म्याग्देली चेली निरुता पहिलो पटक स्टेज चढेपछि कहिल्यै पछाडी फर्किन परेन

काठमाडौं । धौलागिरी गाँउपालिका वडा नं. ६, मराङ, म्याग्दीमा बुवा ठम बहादुर पुन, आमा मनदेबी पुनको कोखबाट जन्मिएकी गायिका निरुता पुन पछिल्लो समय लाईभ दोहोरीमा ब्यस्त छिन् । उनले आफैले लगानी गरेर बजारमा ल्याएको गीत “म्याग्दी गलेश्वर” (पञ्चेबाजा), लोक दोहोरी गीत “मै राम्री छैन र” चर्चा रहन सफल गीत हुन् । उनलाई सुरुमा आफ्नो घर परिवारले साथ सपोर्ट गरेका थिए भने पछिल्लो समयमा अर्जुन खड्का, मिना अधिकारी, समाजसेवी तथा गामबेशी रोधी घरका सञ्चालक अर्जुन शेरचन, गीता पाईजा, अनुपा थापा, रितु तामाङ, संगै गामबेशी रोधी घर टिमले साथ सहयोग गरेको थियो ।

गामबेशी रोधी घरमा ५ बर्ष अघी सुरुमा डाईनिङमा काम गरेकी उनले एकदिन स्टाफ थोरै भएपछि स्टेज चढेर गीत गाउने मौका पाएकी थिईन् । स्टेज चढेर गीत गाएपछि सबैले स्वरको तारिफ गरेर त्यसपछिका दिनहरुमा स्टेजमा गाउन लगाउन सुरु भयो । स्टेजमा गाउन सुरुभएपछि उनलाई पछि फर्केर हेर्न परेको छैन ।

सानै देखी नाच्न र गाउन हुरुक्क हुने निरुता स्कुले जिवनमा प्रतियोगिताहरुमा भाग लिएर प्रथम हुने गर्थिन् । प्रथम भएपछि साथीहरु र गाउलेहरुले भबिश्यमा यो केटी गायिका बन्छे भन्थे । त्यपसपछि झन म मख्ख पर्थे उनि भन्छिन् । महिला कलाकारहरुलाई काठमाडौंमा असहज थियो तर मलाई सबैले साथ दिएपछि गाह्रो भएन । निरुता पुन म्याग्दी कलाकार संघको सम्पर्क सचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ठमेल समितीको सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य पनि हुन् ।

गायिका पुनले बिशाल लुम्बिनी म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड पनि प्राप्त गरेकी छिन् । आगामी दिनमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच भएको उनले बताईन् । साथै नयाँ गीतको तयारी पनि गरेको कुरा जानकारी गराईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...