यज्ञ सापकोटा र प्रतिक्षा वाग्लेको स्वरमा तीजको गीत “तीजको रमझम” सार्वजनिक

वि.सं.२०८० साउन ४ बिहीवार ०६:४९

अकला देवि म्युजिकको प्रस्तुति रहेको तीजको गीत “तीजको रमझम” सार्वजनिक भएको छ । गायक यज्ञ सापकोटा र गायिका प्रतिक्षा वाग्लेको आवाज रहेको यस गीतमा गायक यज्ञ सापकोटा कै शब्द रचना रहेको छ भने यम थापाको सङीत रहेको छ ।
तीजमै छमछम नाच्ने तरिकाले निर्देशन गरेको यस म्युजिक भिडियोमा कलाकार अर्जुन सापकोटा, सुबिक्सा सापकोटा र गोबिन्द थापाको आकर्षण प्रस्तुति रहेको छ । करण चैसर र टिमको नृत्य निर्देशन रहेको यस म्युजिक भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन ।

वि.सं.२०८० साउन ४ बिहीवार ०६:४९