काजिश श्रेष्ठको निर्देशनमा रहेको गीत “तिमी र म जाम माया” चर्चामा (भिडियो सहित)

टिकटकमा केही दिनयता एउटा ‘डान्स स्टेप’मा धेरै भिडियो बनेका छन् ।

तिमी र म जाम माया कहीँ  टाढा
भो न बसम पीरैमा 

यो गीतको भिडियोमा समावेश ‘डान्स स्टेप’लाई फलो गर्दै दर्शकले टिकटक बनाइरहेका छन् । ‘तिमी र म जाम माया कहीँ  टाढा ’बोलको यो गीत तीन साताअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।

पल शाह र रेनुका खड्काको अभिनय एवं नृत्य रहेको गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका छन् ।

भिडियोमा काजिशले अभिनेता पललाई फरक ‘डान्स स्टेप’मा नृत्य गराएका छन्, जसले दर्शकको ध्यान तानेको छ । सोही डान्स स्टेप फलो गर्दै ‘तिमी र म जाम माया कहीँ  टाढा ’ गीतमा ५० हजार बढी टिकटक भिडियो बनिसकेका छन् ।

गीतमा टिकटक बन्न थालेसँगै भिडियोको भ्युज पनि बढेको छ । १० लाख हाराहारी भ्युज भिडियोलाई मिलिसकेको छ ।

निर्देशक काजिश आफ्नो डान्स स्टेप रुचाइएकोमा खुशी व्यक्त गर्छन् । ‘टिकटकमा अधिकांशले सोही डान्स स्टेपमा भिडियो बनाएको देख्दा एकदमै खुशी लागेको छ’ उनले भने, ‘यो गीत चल्नुमा डान्स स्टेपको पनि भूमिका ठूलो छ ।’ यो गीतमा गोविन्द पंगेनीको शब्द एवं संगीत, शान्तिश्री परियार र सुमन बिटीको स्वर छ ।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका थिए । आउँदा दिनमा पनि आफूले भिडियोमा डान्समा फरक खालका स्टेपहरू प्रयोग गर्दै जाने काजिश बताउँछन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...