भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रम सोही क्लवका अध्यक्ष ईन्द्र बहादुर घिमिरे (ईश्वर) को अध्यक्षतामा सम्पन्न भएको थियो भने बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीका अध्यक्ष याम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । साथै श्री अर्जुन उच्च मा.बी. भकुन्डेचौरका पुर्व प्रधानाध्यापक एबं समाजसेबी टिका बहादुर कार्की, लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष एबं समाजसेबी रामजी बिश्वकर्मा, समाजसेबी जित बहादुर थापा लगायत थुप्रै ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

 

“हरितालिका तीज मेला – २०८०” मा साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, खुल्ला तीज गीत नृत्य प्रतियोगिता आदी रहेको थियो भने राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती पनि रहेको थियो । “हरितालिका तीज मेला – २०८०” मा चर्चित गायिका जमुना राना मगर, चर्चित गायक एबं सर्जक रमेश बिक्रम रत्न, सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझी, चर्चित गायिका सुमित्रा कोईराला लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

 

साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगितामा लेक साईड युवा क्लब वडा नं. ४ सानालेख प्रथम, भकुन्डे सामुदायिक क्लव वडा नं. ६ भकुन्डे द्धितिय हुन सफल भएका थिए । साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैया र द्धितिय पुरस्कार १० हजार रुपैया पुरस्कार राशी रहेको थियो ।

 

त्यस्तै पुरुष छेलो प्रतियोगितामा जित शन्यासी बिजयी भएका थिए भने खुल्ला तीज गीत नृत्य प्रतियोगितामा शब्बु परियार प्रथम र पुजा बोहरा द्धितिय हुन सफल भएका थिए । पुरुष छेलो प्रतियोगितामा ५ हजार पुरस्कार राशी रहेको थियो भने खुल्ला तीज गीत नृत्य प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार रुपैया र द्धितिय पुरस्कार २ हजार रुपैया पुरस्कार राशी रहेको थियो ।

 

“हरितालिका तीज मेला – २०८०” लाई सफल पार्न जिल्लाबासी र प्रवासमा रहेका नेपालीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका थिए । बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीको पर्यटन, कला संस्कृतीको विकाश संगै प्रचार प्रसारका लागी नेपाली रेडियो नेटवर्क मार्फत देशै भरका ३०० भन्दा बढी एफ एम स्टेशनहरुबाट सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीको साथमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस कार्यक्रममा कलाकार र मिडियाको संयोजन पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले गरेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०१

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...