भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रम सोही क्लवका अध्यक्ष ईन्द्र बहादुर घिमिरे (ईश्वर) को अध्यक्षतामा सम्पन्न भएको थियो भने बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीका अध्यक्ष याम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । साथै श्री अर्जुन उच्च मा.बी. भकुन्डेचौरका पुर्व प्रधानाध्यापक एबं समाजसेबी टिका बहादुर कार्की, लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष एबं समाजसेबी रामजी बिश्वकर्मा, समाजसेबी जित बहादुर थापा लगायत थुप्रै ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

 

“हरितालिका तीज मेला – २०८०” मा साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, खुल्ला तीज गीत नृत्य प्रतियोगिता आदी रहेको थियो भने राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती पनि रहेको थियो । “हरितालिका तीज मेला – २०८०” मा चर्चित गायिका जमुना राना मगर, चर्चित गायक एबं सर्जक रमेश बिक्रम रत्न, सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझी, चर्चित गायिका सुमित्रा कोईराला लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

 

साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगितामा लेक साईड युवा क्लब वडा नं. ४ सानालेख प्रथम, भकुन्डे सामुदायिक क्लव वडा नं. ६ भकुन्डे द्धितिय हुन सफल भएका थिए । साबिक ज्यामरुककोट वडा स्तरिय भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैया र द्धितिय पुरस्कार १० हजार रुपैया पुरस्कार राशी रहेको थियो ।

 

त्यस्तै पुरुष छेलो प्रतियोगितामा जित शन्यासी बिजयी भएका थिए भने खुल्ला तीज गीत नृत्य प्रतियोगितामा शब्बु परियार प्रथम र पुजा बोहरा द्धितिय हुन सफल भएका थिए । पुरुष छेलो प्रतियोगितामा ५ हजार पुरस्कार राशी रहेको थियो भने खुल्ला तीज गीत नृत्य प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार रुपैया र द्धितिय पुरस्कार २ हजार रुपैया पुरस्कार राशी रहेको थियो ।

 

“हरितालिका तीज मेला – २०८०” लाई सफल पार्न जिल्लाबासी र प्रवासमा रहेका नेपालीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका थिए । बेनी न.पा. २, ज्यामरुककोट, म्याग्दीको पर्यटन, कला संस्कृतीको विकाश संगै प्रचार प्रसारका लागी नेपाली रेडियो नेटवर्क मार्फत देशै भरका ३०० भन्दा बढी एफ एम स्टेशनहरुबाट सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीको साथमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस कार्यक्रममा कलाकार र मिडियाको संयोजन पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले गरेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...