राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२३ औं वार्षिक साधारणसभा” सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२३ औं वार्षिक साधारणसभा” अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा भब्य रुपले सम्पन्न भएको छ। यस कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको थियो । साथै बन्द शत्र संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङको प्रमुख आतिथ्यता र पुर्व अध्यक्षहरु दुर्गा रायमाझी, चन्द्र शर्माको आतिथ्यतामा भब्य सम्पन्न भएको थियो। यस कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए ।

यस साधारण सभामा प्रदेश, उपत्यका समन्वय, बिदेश शाखा र सम्पुर्ण जिल्लाबाट बिभिन्न प्रतिनिधिले सहभागिता जनाएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औं वार्षिक साधारणसभाको अवसरमा स्व. लोक बहादुर क्षेत्री श्रष्टा सम्मानद्धारा वलबिर थापा, स्व. नारायण पाण्डे प्रतिभा पुरस्कारद्धारा शिबु गिरि, लोक पत्रकारिता सम्मानद्धारा चन्द्रमणी गौतम, उत्कृष्ट वर्ष गायकद्धारा खेम सेन्चुरी, उत्कृष्ट बर्ष गायिकाद्धारा शान्तिश्री परियार, अनुशाशित प्रदेश र जिल्लाद्धारा कर्णाली प्रदेश समिती र कञ्चनपुर जिल्ला समिति, उर्जाशिल प्रदेश र जिल्लाद्धारा उपत्यका समन्वय समिती र उपत्यका समन्वय सुन्धारा समिति, सिर्जनशिल प्रदेश र जिल्लाद्धारा लुम्बिनी प्रदेश समिती र बागलुङ जिल्ला समिति, उत्कृष्ट प्रदेश र जिल्लाद्धारा बागमती प्रदेश समिती र नवलपुर जिल्ला समिती, उत्कृष्ट बिदेश विभागद्धारा जापान शाखा, उत्कृष्ट अध्यक्ष प्रदेश र जिल्लाद्धारा उपत्यका समन्वय समिती अर्जुन थापा र नवलपुर जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरे, उत्कृष्ट बर्ष सदस्यद्धार्रा पुरुष र महिला तर्फ केन्द्रिय सदस्य दिनेश काफ्ले र केन्द्रिय सदस्य रीना थापा मगर सम्मानित भएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष दुर्गा रायमाझी, पूर्व अध्यक्ष चन्द्र शर्मा, इन्द्रेणी कार्यक्रमका सञ्चालक इन्द्रेणी साँँस्कृतिक समाजका अध्यक्ष कृष्ण कंडेल, चलचित्र निर्देशक तथा बरिष्ठ गायक नारायण रायमाझी, सल्लाहकार पृथ्वी थकाली ,रमेश बाबू श्रेष्ठ, राम चन्द्र कोइराला, शर्मिला गुरुङ, मिलन लामा, नवीन पौडेल, इन्द्र जिसि लगायत अग्रज देखी अनुज कलाकारहरुको उपस्थिति रहेको कुरा केन्द्रिय सहसचिव एबं सञ्चार बिभाग संयोजक राज कुमार रायमाझीले बताएका छन् । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...