म्याग्दी कलाकार संघ काठमाडौं नेपालको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम – २०८०” सम्पन्न

काठमाडौं । “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित म्याग्दी कलाकार संघ काठमाडौं नेपालको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम – २०८०” सम्पन्न भएको छ । यस कार्यक्रममा म्याग्दी कलाकार संघ काठमाडौं नेपाल की अध्यक्ष लाली बुढाथोकीको अध्यक्षता रहेको थियो भने म्याग्दी प्रबासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी समितीका अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा म्याग्दी प्रबासी नेपाली संघका पुर्व अध्यक्ष योगेन क्षत्री, पुर्व अध्यक्ष ओम नारायण जुग्जाली, सल्लाहकार मोहन थापा, सल्लाहकार महेन्द्र बानिया, उपाध्यक्ष ईन्जिनियर नन्द गर्बुजा, उपाध्यक्ष दिपक कार्की, उपाध्यक्ष हरी राम्जाली, महिला उपाध्यक्ष बिष्णु बानिया युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानको सल्लाहकार रामु खड्का, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्की लगायत अन्य समाजसेबी ब्यक्तित्वहरु र कलाकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा म्याग्दी प्रबासी नेपाली संघ २८ वटा राष्ट्रमा सञ्चालित छ । यसै संस्थाका बिभिन्न राष्ट्रमा हालै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो बितरण गरिएको थियो ।

 

म्याग्दी प्रबासी नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले म्याग्दीको कला, संस्कृती जर्गेना गर्नुका साथै बिभिन्न राष्ट्रमा हुने साँस्कृतिक कार्यक्रमहरुमा म्याग्दीका कलाकारहरुलाई बिशेष जोड दिईने र अन्य केही सहयोग मागेमा सहयोग गर्न तयार रहेको कुरा प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष दिल कुमारी राम्जालीले स्वागत मन्तब्य राखेकी थिईन् भने महासचिव राम गगन बिश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

म्याग्दी कलाकार संघ काठमाडौं नेपाल की अध्यक्ष लाली बुढाथोकीले गीत संगीत मार्फत आफ्नो जिल्ला म्याग्दीलाई बिश्वसामु चिनाउन पहल गर्ने बताउदै म्याग्दीको मौलिक कला संस्कृतीको जर्गेनामा बिशेष जोड दिईने कुरामा प्रतिबद्धता जनाएकी छिन् । साथै देश तथा बिशेमा रहनुहुने समाजसेबीहरुले प्रबासमा हुने कार्यक्रमहरुमा म्याग्दीको कलाकारहरुलाई बिशेष प्राथमिकता दिन अनुरोध गरेकी थिईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...