दलित बस्तीमा “नेपाल दलित मुक्ति अभियान” को तर्फबाट राहत बितरण

काठमाडौं । नेपाल दलित मुक्ती अभियान जो दलित समुदायको हक हितमा बिगत ४ बर्ष देखि काम गर्दै आएको छ । यहि मंसिर ७ र ८ गते सचिव कमल बिश्वकर्माको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर १ र २ त्यसैगरी रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ र १४ को दलित बस्तीमा “नेपाल दलित मुक्ति अभियान” को तर्फबाट राहत बितरण गरिएको छ ।

 

 

 

राहत बितरण गर्न केन्द्रिय समितिबाट सचिव कमल बिश्वकर्माको नेतृत्वमा प्रवक्ता केपी बाग्दाश, आर्थिक बिभाग प्रमुख किशन बिश्वकर्मा गएका थिए । कर्णाली प्रदेश संयोजक निर्मला बस्याल, केन्द्रीय सदस्य एबं स्थानिय दिपक परियार, पुर्ण बिक, कल्पना परियारले उक्त कार्यक्रमको संयोजन गरेका थिए।

 

 

 

राहत बितरण कार्यक्रममा सचिव बिश्वकर्माले न्यानो फाईबर सिरक, लत्ता कपडा र खाधान बाँड्दै हाम्रो राहत कार्यक्रम साचिकै बिपन्न बर्गको हातमा परेको दाबी गरे । त्यसै गरी सचिव बिश्वकर्माले भुकम्प प्रभाबित क्षेत्रमा बर्ष भरी नै बिबिध कुराहरुको समस्या रहने जस्तै स्वास्थ्यको समस्या, खाधान्नको समस्या रहने छन् ।

 

 

 

यदि साचिकै समस्या रहेको खण्डमा आफुले थप राहत सामग्री पठाउने उदघोष् पनि गरे । पुर्ण निर्माण कार्यमा पनि सरकारसंग सहकार्य गरी उक्त कार्यलाई सहजिकरण गर्ने बताए । प्रबक्ता केपी वागदाशले हामी दलित समुदायको साथमा रहेको जानकारी दिए ।

 

 

 

कर्णाली प्रदेश संयोजक निर्मला बस्यालले दलित समुदायको हकहितको लागी शरीरमा एक थोपा रगत हुन्जेल लड्न मर्न तयार रहेको बताईन्। राहत कार्यक्रमले के देखायो भने । स्थानीय तथा केन्द्रीय सदस्य दिपक परियारले यो बस्ती बस्न नमिल्ने ठाँउ अको जनतालाई बस्ती स्थानान्तरणको लागी सरकारसंग पहल गर्न सचिव बिश्वकर्मलाई अपिल गरेका थिए ।

 

 

लोक गायक तथा नेपाल दलित मुक्ती अभियान साँस्कृतिक बिभाग केन्द्रिय अध्यक्ष सुजन बराइली लगायतका कलाकारहरुको पुर्ण सहयोगमा देउसी भैलो खेलिएको थियो ।जाजरकोट रुकुमका भुकम्प पिडितलाइ सहयोग गर्ने उदेश्यले तिहारको बेला नेपाल दलित मुक्ती अभियान साँस्कृतिक बिभाग केन्द्रिय अध्यक्ष सुजन बराईलीको नेतृत्वमा देउसी भैलो कार्यक्रमको आयोजना गरी रकम संकलन गरिएको थियो । देउसी भैलोबाट उठेको केहि रकम जाजरकोट र रुकुमका दलित जनताहरु र भुकम्प पिडितहरुको घाउमा मलम लगाउन पाउदा खुशी भएको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...