रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्वर ८ का विपन्न, ज्येष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ। वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।

बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा – ८ का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए।

सो अवसरमा कार्यालयले दलित समुदायको उद्यमशिलतामा सहजता दिने उद्देश्यले वडाका २ जनालाई आधुनिक आरनको मेशिन बितरण गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले भने “हाम्रा समाजका अनुभवका खानी हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्नु हाम्रो संस्कार र दायित्व भएकाले स्थानिय सरकार यसमा कहिलै चुक्ने छैन।”

विपन्न र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा र अस्पतालमा अति आवश्यक परेमा नगरपालिका सदैव तयार रहेको उनले बताए।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडाध्यक्ष कृष्ण चौधरी, त्यस्तै,अतिथिहरुमा वडा सदस्यहरु बिष्णु प्रसाद आचार्य, दुर्गा विक, सीता अधिकारी र केदार कुमार श्रेष्ठ रहेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक समन्व्य समिती,रनपा -८ को उपाध्यक्ष प्रेम कुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव रुप बहादुर पण्डित क्षेत्रीले संचालन गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...