वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

तुलसी गिरी ‘भावुक’

काठमाडौं ।

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ l सभा हिजो चैत ३ गते शनिबार काठमाण्डौमा आयोजना भएको थियो l सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उहाँको नाममा छिट्टै अक्षयकोश खडा गरिने र चलचित्र निर्देशक समाजसँग सहकार्य गरी सो कोश मार्फत हरेक वर्ष मौलिक चलचित्रका निर्देशकलाई पुरस्कृत गरिने कुरा जानकारी गराएका छन् l

स्मृति सभामा वरिष्ठ कलाकार रवि गिरीले प्रताप सुब्बा चलचित्र क्षेत्रमा वर्कशप चलाउने पहिलो निर्देशक भएको बताए l ‘प्रताप सुब्बासँग संगत भएर पनि कसैले मैले केही सिकिन भन्छ भने त्यो लापर्बाह मान्छे हो l मैले उहाँबाट जे जति सिकें त्यही कुरालाई आजसम्म अनुकरण गरेर यस क्षेत्रमा काम गरिरहेको छु’ कलाकार गिरीले भने l स्व. सुब्बा जस्तो समयप्रति अनुशासित, विषयवस्तुप्रति संवेदनशील र स्पष्ट विचारका निर्देशक नेपाली सिनेमा क्षेत्रमा अरु कोही नभएको पनि कलाकार गिरीले स्पष्ट पारेका छन् l

यसैगरी समारोहमा वरिष्ठ नृत्य निर्देशक कमल राईले आफ्नो धारणा राख्दै स्व. सुब्बालाई स्पष्टवक्ता र अद्वित्तीय नेत्तृत्वदायी क्षमता भएका व्यक्तिको रुपमा आफूले चिनेको बताए l निर्देशक स्व. सुब्बामा चलचित्रसँग सम्बन्धित हरेक कुराको उत्तिकै ज्ञान भएको धारणा राख्दै उनले भने-‘मेरो लाइफमा कोही गतिलो मान्छेको इन्ट्री भयो भने उहाँ नै हो l उहाँसँग भेट हुनु अघि म परिपक्क नृत्य निर्देशक भईसकेको थिईन l मलाई लाग्थ्यो, यस्तो मान्छे भेटियोस् जसले मलाई बाटो देखाओस् l उहाँलाई भेटेपछि म परिपक्क भएको हुँ l’

स्मृति सभामा वरिष्ठ छायाकार शिव ढकालले पनि केही चलचित्रमा स्व. सुब्बासँग सहकार्य गर्ने मौका पाएको बताउँदै हरेक निर्देशकले उहाँसँग सिक्नुपर्ने धेरै कुरा भएको धारणा राखे l ‘उहाँ कामप्रति यति अनुशासित र रुटिनवद्ध हुनुहुन्थ्यो कि भोलिपल्टको शुटिङ कतिबजे सुरु हुन्छ र कतिबजे प्याकअप हुन्छ भनेर हामीलाई अघिल्लै दिन थाहा हुन्थ्यो’ छायाकार ढकालले भने l यसैगरी लोकप्रिय कलाकार बिमला के.सी. ले स्व. सुब्बाको बारेमा शब्दमा वयान गर्न नसकिने कुरा बताइन् l ‘उहाँको बारेमा घन्टौं बोल्न सकिन्छ तर पनि कुरा बाँकी नै रहन्छ l मेरा अभिभावकहरुले भन्दा बढी उहाँले मलाई शिक्षा र संस्कार दिनुभएको छ l म आज जहाँ छु, जे छु उहाँले दिएको शिक्षा र संस्कारको देन हो’ कलाकार के. सी. ले भनिन् l

स्व. प्रताप सुब्बाको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेटको मौनधारणबाट सुरु भएको सो अनौपचारिक कार्यक्रम वरिष्ठ कलाकर्मी विनोद सेराङले सञ्चालन गरेका थिए भने उपस्थित सबैले स्व. सुब्बाको तस्बीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...