गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही माथि ५ हजार १ सय ५ मीटर अर्थात् १६ हजार ७ सय ४८ फिट २ इन्चको उचाइमा लाइभ बाजाका साथ सागर अधिकारी ‘शरद’ को प्रत्यक्ष गायन (LIVE SINGING) ले GUINNESS WORLD RECORD राख्न सफल भएको छ ।

 

जसमा विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायको शव्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत र सागर अधिकारी ‘शरद’ को एकल गायन रहेको‌ थियो l लाइभ गायन हुँदै गर्दा त्यसको भिडिओ समेत छायाङ्कन गरिएको थियो l प्रसिद्ध युवा निर्देशक माइकल चन्दको निर्देशनमा छायाङ्कन भएको सो भिडिओमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय, उत्सव दाहालको छायाङ्कन र सिलन लम्सालको सम्पादन रहेको छ l राष्ट्रपति कार्यालय शितल निवासमा हालै आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ल्ड रेकर्डमा संलग्न सबैलाई बधाई तथा शुभकामना दिएका थिए l गीतकार डा. उपाध्याय सहित गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरेका सो लाइभ प्रस्तुति एवं म्युजिक भिडिओसँग सम्बन्धित लगभग डेढ दर्जन सर्जक/कलाकारहरुलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका छन् l

 

हालसम्मकै सबैभन्दा उचाईमा लाइभ प्रस्तुति दिने गायक सागर अधिकारी ‘शरद’ करिव २ दशकदेखि गायन तथा सङ्गीतमा निरन्तर लागिरहेका छन् l अधिकारीले शाश्त्रीय सङ्गीतमा गायनतर्फ स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । २०५७ सालमा डा.गोविन्द आचार्यको सङ्गीत र सञ्जना रजौरे/यशोदा न्यौपानेको शव्दमा उनको पहिलो आधुनिक गीत रेकर्ड भए पश्चात निरन्तर सङ्गीत र गायनको समानान्तर यात्रा गरिरहेका अधिकारीले आधुनिक, गजल, पप, भजन आदि गरी हालसम्म २ सय ५० भन्दा बढी गीतमा सङ्गीत तथा गायन गरेका छन् l

 

२०६९ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गायनमा दोस्रो भएका सागरले २०७० सालमा रापती समाज काठमाण्डौद्वारा आयोजित पहिलो राष्ट्रव्यापी गायनमा प्रथम स्थान हासिल गरेका थिए l यसका अलावा उनी अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार/सम्मानहरु समेत प्राप्त गर्न सफल भएका छन् l सयौं गीत र करिव डेढ दर्जन उपन्यास लेखन लगायत विभिन्न विधामा १ सय ३३ विश्व रेकर्ड राखी विश्व रेकर्डमा दशौं स्थानभित्र पर्न सफल कीर्तिमानी सर्जक डा.डी.आर उपाध्यायसँग जोडिएर सागरले America book of records, world book of records UNITED KINGDOM, European Records book,GUINNESS WORLD RECORDS आदि गरी २ दर्जन बढी विश्व रेकर्ड राखिसकेका छन् l

 

अधिकारीले तिलिचो तालसम्म पुग्न अत्यन्तै कठिन यात्रा पार गर्नुपर्ने र त्यहाँ पुगेर प्रत्यक्ष गायन अझै धेरै कठिन भएको अनुभव सुनाउँदै सहकार्यमा जोडिएका सम्पूर्णमा आभार व्यक्त गरेका छन् l उनले यस ऐतिहासिक कार्यका नायक डा.डी.आर उपाध्यायप्रति पनि हृदयदेखि कृतज्ञता प्रकट गरेका छन् l

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...