“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ ।

 

 

प्रतियोगितामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो । “नारीको कला, नारीको सान” भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा भएको “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा कर्णाली कलाकार प्रतिष्ठान की अध्यक्ष टिका पुनको अध्यक्षता रहेको थियो भने सुचना तथा सञ्चार प्रबिधि मन्त्री माननिय रेखा शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

 

 

प्रतियोगितामा वरिष्ठ मादल बादक खड्ग बुढा मगर निर्णायक संयोजक रहेका थिए भने वरिष्ठ कलाकार प्रेमदेब गिरी, बाध्यसम्राट न्हुक्ष बहादुर डंगोल, वरिष्ठ तबला बादक सरिता मिश्र आदी निर्णायकको रुपमा रहेका थिए । “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा राष्ट्रिय नारी सम्मानद्धारा वरिष्ठ तबला बादक एबं पद्मकन्या क्याम्पसकी तवला बादक सुमित्रा श्रेष्ठ, सामाजिक अभिन्यता कुशल नेतृ साबित्रा अधिकारी, सुरुवात देखि हाल सम्म निरन्तरता दिदै आएकी दोहोरी साँझ गायिका बाला पुन गरी ३ जनालाई ११,५५५ रुपैयाका दरले नगद सहित सम्मान गरिएको थियो । “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा १९ बर्ष देखि ७१ बर्ष सम्मको उमेर समुहका महिलाहरुले भाग लिएका थिए ।

 

 

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा सल्यान की सुशिला बुढा मगर प्रथम, काभ्रेपलान्चोक की सुकिमाया मोक्तान द्धितिय, दाङ की रिता बुढाथोकी तृतिय, सुर्खेत की बिमला गिरी सान्त्वना हुन सफल भएका थिए । त्यस्तै “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा भाग लिएकी ७१ बर्षिय कोलि कुमारी कुँवरलाई बिशेष प्रतिभा सम्मान, देब कुमारी देबकोटालाई पब्लिक च्वाईस सम्मान र जस्मिन कपालीलाई युवा प्रतिभा सम्मानद्धारा सम्मान गरिएको थियो ।

 

 

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा प्रथम पुरस्कार ५५ हजार रुपैया, द्धितिय पुरस्कार ३५ हजार रुपैया, तृतिय पुरस्कार २५ हजार रुपैया र सान्त्वना पुरस्कार १५ हजार रुपैया पुरस्कार राशी रहेको थियो। प्रतियोगितामा ७० जनाले फर्म भरेतापनि कतिपय महिलाहरुले आत्मबल घटाएर भाग लिन नमानेपछि अन्तिममा २७ जना मात्रले भाग लिएका थिए ।

 

 

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” मा प्रतियोगी संयोजक एबं निर्णायक संयोजकको रुपमा बरिष्ठ मादल बादक खड्ग बुढा मगर रहेका थिए भने कार्यक्रमको संयोजकको रुपमा प्राज्ञ टिका पुन र मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:४३

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’...

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...