“अन्तर्राष्ट्रिय सम्मेलन – २०२४” मा नेपालको तर्फबाट भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला (रामचन्द्र) नेपाल फर्किए

काठमाडौं । गत जुन २७ देखी जुलाई १ सम्म उज्बेकिस्तानमा आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा नेपालको तर्फबाट भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला (रामचन्द्र) नेपाल फर्किएका छन्।

उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको बिशेष निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन। करिब ५ दिन सम्मको सम्मेलनको उद्घाटन उज्बेकिस्तानका राष्ट्रपती सम्मानानीय शवकत मिर्झियोयेवले गरेका थिए भने सो सम्मेलनको आयोजना संस्कृती मन्त्रालयले गरेको थियो। सम्मेलनमा विश्वको ८० भन्दा बढी देशबाट सहभागिता रहेको थियो । सम्मेलनमा उपस्थित संस्कृतबिदहरु, कलाकारहरु तथा प्रतिनिधिहरुको बिचमा कोईरालाले नेपाली परम्परागत एवं मौलिक लोक कला र लोक संस्कृतिको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै विश्वमा मकोम कलाको बारेमा प्रचार प्रसार गराउदै आएको छ । हरेक देशले आफ्नो कला संस्कृतीको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै युवा पिढिलाई हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ भन्ने कुरालाई आफ्नो कार्यपत्रमा जोड दिएको कुरा कोइरालाले बताए। संस्कृती नै देशको पहिचान हो, यसको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्न सधैं सरकारको मात्र मुख नताकी संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धनमा हामी सबैको साझा कर्तब्य हो आफ्नो धारणा राखेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...