विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक
वि.सं.२०८१ असार १७ सोमवार १०:४४
काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । “तनाबै तनाब छ” बोलको गीतको भिडियो उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन बिसाल निरौलाले गरेका हुन् ।
सिर्जन बरालको निर्देशन रहेको भिडिओमा गायक कार्कीसँगै मोडल सुश्मा रोक्का, मेगेन्द्र सुबेदी र ईन्द्र तामागंलाई देख्न सकिन्छ । करण चैशिरको छायांकन रहेको भिडिओ अमृत चापागाईले सम्पादन गरेका हुन् ।
आज मात्र सार्वजनिक भएको भिडिओको प्रतिकृया निकै राम्रो छ । गीतले बिस्तारै सबैको मन जित्ने गायक एबम मोडल बिश्वराम कार्कि बताउछन । गीतले सफलता पावस हाम्रो तर्फबाट शुभकामना ।
वि.सं.२०८१ असार १७ सोमवार १०:४४