संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका विष्णु माझीसँगको सहकार्यमा संगीतकार रामु खड्काले नयाँ कोसेली “तिम्रो नयाँ जिन्दगी सफल होस्” बोलको गीत सार्वजनिक भएको छ। केही दिनअघि मात्रै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतकोे भिडियो ट्रेन्डिङमा समेत पर्न सफल भएको संगीतकार खड्काले बताए ।

 

खड्काले संगीत भरेर आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा गायिका विष्णु माझी र खेम संगीतको युगल आवाज सुन्न सकिन्छ । सन्ध्या केसीको शब्द रचना रहेको उक्त गीतमा माया प्रेमका भावना र जिन्दगीको यात्रालाई समेत समावेश गरिएको संगीतकार खड्काले बताए ।

 

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा दिपक विष्टले भिडियो सम्पादन गरेका हुन् ।

 

त्यसैगरी उक्त भिडियोमा मोडल विमल अधिकारी र निहारीका थापाले अभिनय गरेका छन् । यसअघि पनि धेरै गीतहरू बजारमा ल्याइसकेका संगीतकार खड्काले यस नयाँ गीतले पनि पहिलेका गीतले जस्तै सफलता दिलाउनेमा आफू विश्वस्त रहेको बताए ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...