पोखरामा सम्पन्न “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” मा उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगर उत्कृष्ठ प्रदेश अध्यक्ष घोषणा

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” पोखरामा भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम पोराको सभा गृहमा असोज ११ गते र १२ गते सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

 

पोखरामा सम्पन्न “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” मा उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगर उत्कृष्ठ प्रदेश अध्यक्ष घोषणा भएका छन्। उपत्यका समन्वय समितिले लोक दोहोरी अवार्ड, मञ्जु स्मृती फुटसल प्रतियोगिता लगायत बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ। यती मात्र नभएर काठमाडौंमा रहेका कलाकारहरुलाई भैपरि आउने जस्तो सुकै समस्यालाई पनि समाधान गर्न र साथ सपोर्ट गर्न पछि हट्दैन।

 

उपत्यका समन्वय समिति भन्दा बितिक्कै छुट्टै प्रकारको छाप रहेको छ। उपत्यका समन्वय समितिको जस्तो लोभ लाग्दो टिम देखेर अन्य संघ संस्था र ब्यक्तिहरु पनि चकित पर्ने गर्दछन्। उपत्यका समन्वय समितिलाई बलियो बनाउन यस अन्तर्गत बिभिन्न ९ वटा समितिहरु क्रियाशिल छन्। उपत्यका समन्वय समितिमा शिब हमालको कार्यकाल देखी पिएन सापकोटा, सुजन लम्साल र हाल: अर्जुन थापा मगरको कार्यकाल सम्म आई पुग्दा उपत्यका समन्वय समिति जुझारु संस्थाको रुपमा परिचित छ। उपत्यका समन्वय समितिले धेरै कलाकारहरुलाई संस्थागत हुन पनि सिकाएको छ।

 

“२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०८१” मा उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगर उत्कृष्ठ प्रदेश अध्यक्ष घोषणा भएपछि खुसी हुँदै प्रतिष्ठान केन्द्र प्रती आभर प्रकट गर्दै संस्था प्रती अझै जिम्मेवारी संगै चुनौती पनि थपिएको महसुस गर्दै आगामी दिनमा जस्तो समस्या र चुनौती आएतापनि सामना गर्दै अगाडी बढ्ने प्रतीबद्धता जनाएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...