भ्रममा नपर्न परियार सेवा समाजद्धारा अपिल

काठमाडौँ, २४ कात्तिकः परियार सेवा समाजले संस्थाको बारेमा अनावश्यक प्रचार प्रसार गरिएको भन्दै कहि कतै भ्रममा नपर्न परियार बन्धुहरुमा अपिल गरेको छ ।

समाजका अध्यक्ष पूर्वमेजर बलबहादुर सुन्दास र महासचिव अन्जान परियाले आज विज्ञप्ती जारी गरी पाँचौ राष्ट्रिय सम्मेलन भइसके पश्चात पनि केही अराजक व्यक्तिहरुले मिडियाबाजी गर्ने सामाजिक सञ्जालमा समेत संस्थाको बारेमा अनावश्यक प्रचार-प्रसार गर्ने लेटर प्याड र छापको दूरुपयोग गरी परियार समुदायमा भ्रम सिर्जना गर्ने कार्य गरिएको भन्दै भ्रममा नपर्न देशैभरीका सम्पूणर् परियार बन्धुहरुमा अपिल गर्नुभएको हो ।

‘संस्थालाई हानी नोक्सानी पुर्याउने सामाजिक सद्भाव भड्काउने संस्थाको हित र विद्यान विपरित कार्य गर्दै हिड्ने र मङ्सिर १ र २ गते राष्ट्रिय सम्मेलन भन्दै अनावश्यक रुपमा अफवाह फैलाई भ्रमित गरिएको प्रति हामी खेत प्रकट गर्दछौँ, सम्पूणर् परियार बन्धुहरुमा कहि कतै भ्रममा नपर्न परियार सेवा समाज हार्दिक अपिल गर्दछ’-विज्ञप्तीमा भनिएको छ ।

परियार सेवा समाज केन्द्रित तदर्थ समितिद्धारा आयोजित पाँचौ राष्ट्रिय सम्मेलन यही असोज ५ र ६ गते काठमाडौँको गौशालास्थित ‘सगुन श्री व्याड्क्वेट’ मा समाजका संस्थापक अध्यक्ष ऋषिबाबु परियार संस्थापक पदाधिकारीहरु पूर्व अध्यक्ष हरिशंकर परियार, शम्भु खाती पूर्व पदाधिकारी पूर्वमन्त्री, पूर्व सांसद, पूर्व प्रदेश मन्त्री, सल्लाहकार, समाजका प्रतिष्ठित व्यक्तित्वको सहभागितामा सम्पन्न भइसकेको समेत समाजले प्रष्ट पारेको छ ।

सम्मेलनबाट ४२ जिल्ला ७ प्रदेश र केन्द्रिय प्रतिनिधीको उपस्थितीमा राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गरी पूर्वमेजर बलबहादुर सुन्दासको अध्यक्षतामा ७७ सदस्यीय कार्य समिती चयन गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...