राजु अर्यालको नयाँ गीत “ए मायालु” सार्वजनिक

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०५:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा राजु अर्यालको नयाँ गीत “ए मायालु” सार्वजनिक भएको छ।
यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने राजु अर्यालको शब्द, गैरे सुरेशको संगीत रहेको छ। यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली,शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ। यस गीतलाई ओएस आर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०५:०९