“प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०७८” को फर्म खुल्ला

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको भएको छ । भदौ २३ गतेका दिन पत्रकार सम्मेलन गरी सो अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।

अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने आयोजक पक्षले जनाएको छ । कोरोनाको महामारीले सुस्ताएको गीत संगीत र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।

अवार्डमा २०७७ / ०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हालः सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।

कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईलि “अभिव्यक्ती” ले निर्वाह गरेका थिए । आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।

अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए । कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा सम्बोधन गर्दै निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए । कार्यक्रममा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...