सांस्कृतिक समाज नेपालको आयोजनामा “अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरीगीत आईडल – २०८२” हुने

काठमाडौं । सांस्कृतिक समाज नेपालको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आईडल – २०८२” हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए ।

शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक( एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए । सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए ।

कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । फाइनल कार्यक्रम नगरकोटमा सम्पन्न गरिने संयोजक शर्माले बताउँदै चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएको बताए । राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउनेछन् ।

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दोहोरीगीत आइडल आयोजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षौं बहस गरेका कुरा दोहोरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जोशीले बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, पत्रकार सुमन बैरागी, पत्रकार तथा चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार डब्बु क्षेत्री लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन गायक अमृत खातीले गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...