हसन राईको “नायुमा”  गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । गायक हसन राईको “नायुमा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतमा हसनको स्वर रहेको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् ।

अमर सृष्टा विक्रम राई प्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । किरातहरुको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । म्युजिक भिडियोमा चर्चित अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राई (फुलन्देकी आमा) को अभिनय देख्न सकिन्छ । साथै म्युजिक भिडियोमा क्रमश, प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोमा देखाए अनुसार बिबाहमा सोल्टी सोल्टिनी बिचको प्रेमभावलाई देखाइएको छ । एलिशा र गणेशमानको जोडी जमेको छ । यस म्युजिक भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ, भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई बिकाश दाहालले इडिट गरेका छन्, भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ ।

गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो गीतमा दर्शकहरुको माया पाउनेमा ढुक्क रहेको बताए ।

साङ्गीतिक क्षेत्रमा केहि फरक गीतहरु मार्फत दर्शकमाझ आफु प्रस्तुत भइरहनेपनि हसनले बताए । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...