केकी अधिकारीले रोशन राईलाई धोका दिएपछि बन्यो यस्तो गीत (भिडियो सहित)

काठामाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई असाढ ३ गते काठमाडौ, दरवारमार्ग, क्युएफएक्स हलमा एक भब्य कार्यक्रमका बिच गीतलाई सार्वजनिक गरिएको छ।

लुङ्टो क्रियशन युट्युव च्यानलबाट अफिसियल गीतपनि सार्वजनिक भैसकेको छ । ३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ ।

३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो । यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् ।

अमर श्रष्ठा स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए । शान्तिरामले भने ‘काठमाडौको बासाई, संर्घष अनी अभावमा जन्मिएको थियो धोका दियौ तिमीले ।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरुका लागी लोकप्रिय भएकोपनि शान्तिरामले बताए ।

त्यस्तै गायक रोशनले कार्यक्रमलाई सम्बोधन गर्दै, प्राज्ञ संगीतकार शान्तिरामलाई ढोग्दै सदावहार लोकप्रिय गीत गाउन दिएकोमा धन्यवाद प्रकट गरे । द भ्वाईस अफ नेपालका संचालक चर्चित होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सुशिलले पनि रोशनको स्वरसंगै अभिनयको पनि तारिफ गरेका थिए ।

चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन् ।

भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चैदेखी लागेका थिए । रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन् । भर्सटाइल रोशन गायनसंगै शब्द तथा संगीतपनि सृजना गर्छन् ।

उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याईसकेका छन् । म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रसंसा भइरहेको छ । रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जिवनमा एउटै’ लगायत गीतहरु दर्शकमाझ लोकप्रिय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...