“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा “बिश्वब्यापी आवधिक समिक्षा Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिकको अध्यक्षता रहेको थियो भने माननिय हर्कमाया बिकको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा केशर औजीले सहजीकरण गरेका थिए भने दलित नागरिक समाजका संयोजक मोतीलाल नेपालीले स्वागत मन्तब्य संगै सो गोष्ठीको बारेमा प्रकाश पारेका थिए। उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेबी, दलित अगुवा, अल्पशंख्यक, मधेसी दलित, बादी समुदाय लगायतको उपिस्थती रहेको थियो।

गोष्ठीमा दलित समुदायमा बिगत देखी हाल सम्म भईरहेका घट्ना तथा क्रियाकलाप, दलित समुदायले भोग्नु परेका पिडाहरु, दलित समुदाय माथी भईरहेका दमन तथा बिभेदको न्युनिकरणका उपायहरु, दलितलाई राज्यबाट हुनुपर्ने पहलहरु लगायत थुप्रै बिषय बस्तुहरु माथी छलफल गरिएको थियो। साथै आगामी अंग्रेजी नयाँ बर्ष २०२६ मा स्विजरल्याण्डको जेनेभामा हुन गईरहेको बिश्वब्यापी आवधिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिने बिषय बस्तु उपर छलफल गरिएको थियो।

बिश्वब्यापी आवधिक समिक्षा २०२५ को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रममा उपस्थित भई महत्वपुर्ण सुझावहरु दिएकोमा सम्पुर्णहरु प्रती आभार प्रकट गर्दै प्रतिबेदन पुर्ण रुपले तयार भएपछि दलित प्रतिनिधी, दलित अगुवा, समाजसेबी, सम्बन्धित निकाय, शुभेच्छुक संघ संस्थाहरुलाई समेटिएर भेलाको आयोजना गरी प्रतिबेदन प्रस्तुत गर्ने र भेलाबाट पास गराएर बिश्वब्यापी आवधिक समिक्षामा नेपालको तर्फबाट प्रस्तुत गरिने कुरा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द बिश्वास बिकले जानकारी गराएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...