“सितोरियो कराते र महागुरु थानेश्वर”

गजेन्द्रवहादुर खपाङगी’ईश्वर’ काठमाडौं। उमेरले झण्डै ८ दशक छुन लागिसक्यो,तर उहि जोश,उही जाँगर,उही सकृयता अनि उही गतिविधि । उहांको यो गतिविधि हेर्दा लाग्छ,भर्खरै २०-२५ वर्षको उमेर हो ।आफ्नो युवावस्थामा लाहुरे हुने रहरले सिंगापुर पुलिसमा भर्ना हुनु भएको र उतै कराते खेल सिकेर पछि लाहुरे जीवन परित्याग गरि वि.स.२०३४/३५ सालतिर नेपालमा सितोरियो कराते खेल भित्र्याउनु भएका संस्थापक गुरु थानेश्वर राई,नेपाली कराते खेल क्षेत्रमा महागुरुको उपनामले प्रख्यात छन । अझ भन्ने हो भने”सितोरियो कराते र महागुरु थानेश्वर”एक अर्काको पर्यायवाची हो भन्दा, फरक नपर्ला ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा,करातेको प्रमुख प्रशिक्षक हुदै तालिम तथा प्रशिक्षण विभागको उप-निर्देशक सम्मको जिम्मेवारी सम्हालेपछि,स्वेच्छिक अवकाश लिएर परिषदवाट विदा भएका महागुरु राई करिव डेढ दशकदेखि अमेरिकामा वसोवास गर्दै आउनु भएकोछ । अमेरिकामा पनि सितोरियो कराते खेलको विकाश,प्रवर्द्धनमा लागिरहनु भएका महागुरु राई वेलावखत मातृभुमी आएर सितोरियो कराते खेललाई अझ प्रभावकारी र विकशित गर्न आफ्ना शिष्यहरुलाई अभिप्रेरित,निर्देशन र सल्लाह दिईरहनुहुन्छ ।

फ्रेन्डली,फरासिला,मिजासिलो स्वभाव र वेलावखत ठट्यौली गर्न मनपराउने गुरु थानेश्वर,नेपाली करातेकर्मीहरुको मन-मनमा कण्ठस्थ भएको एउटा कहिले नविर्सने प्रख्यात नाम वनेकोछ । अमेरिकामा पनि कराते खेलमा उत्तिकै सक्रिय रहेको र उता हुने हरेक गतविधि,प्रतियोगिता,उदघाटन लगायत खेलकुदमा उहाँको सहभागिता निरन्तर रहदै आएकोछ । महागुरु थानेश्वरको लय, गति र निरन्तरतालाई पछ्याउन सके,प्रत्येक करातेकर्मीहरु सफल हुनेमा दुईमत नरहने उहाको सक्रियताले सवैलाई गतिलो सन्देश प्रवाह गरिरहेको छ ।

( लेखक, नेपाल सितोरियो कराते संघका प्रवक्ता तथा नेपाल स्वयमसेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवम वरिष्ठ करातेकर्मी हुनुहुन्छ । )

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...