अर्जुन तिरुवा र पबित्रा श्रेष्ठको अभिनयमा “लोफर” सार्वजनिक

वि.सं.२०८२ भदौ १७ मंगलवार ०७:३९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा बिजय दियालीको नयाँ गीत “लोफर” सार्वजनिक भएको छ।
यस गीतमा मनिष श्रेष्ठ र सिमरन परियारको स्वर रहेको छ भने बिजय दियालीको शब्द, मनिष श्रेष्ठको संगीत रहेको छ। गीतको भिडियोमा सन्तोष पोखरेल (आदित्य) को निर्देशन, रमित बोहराको छायांकन, अमन बडुको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा अर्जुन तिरुवा र पबित्रा श्रेष्ठको अभिनय रहेको छ। यस गीतलाई बिजय दियालीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ भदौ १७ मंगलवार ०७:३९