“जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ” को म्युजिक भिडियो सार्वजनिक

सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र  खप्तड राष्ट्रिय निकुन्जमा  छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ ” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियो Sunil Giri नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एक महिना अघि सुटिङ भएको  सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् ।

जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै
जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै

म झाँगिदै गएछु तिम्राे छाँयामा
म रङ्गिदै गएछु तिम्राे मायामा
म झाँगिदै गएछु तिम्राे छाँयामा
म रङ्गिदै गएछु तिम्राे मायामा
हुरी बताससँग डर लाग्दैन
तिमी बाहेक कसैकाे भर लाग्दैन
माया फुल्ने मेराे वसन्त केवल तिमी हाै
बिहानीमा शीतकाे सुगन्ध केवल तिमी हाै

म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
मेराे कुनै अरू चाहना छैन
राखि हेर त्याे मनमा बहाना हैन

जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गायक गिरी र गायिका डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् ।

खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्धेश्यले समेत सो क्षेत्रमा छायांकन गरिएको गायक गिरीको भनाइ छ ।

खप्तड पुग्न निक्कै कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख विर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिएका थिए ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहनु भएका गायक सुनिल गिरी बताए ।

गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।

राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यो पहिलो म्युजिक भिडियो हो । सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...