पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

ललितपुर “पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२”  मंसिर १९ गते उज्ज्वल दरबार ब्यान्क्युट, हरिसिद्धि, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता माननीय पूर्व स्वास्थ्य मन्त्री डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

 

कार्यक्रममा खेलकुद, सामाजिक, राजनीतिक तथा कलाकारिता क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. तोसिमा कार्कीले खेलकुदले शारीरिक स्वास्थ्यसँगै मानसिक अनुशासन, आत्मसंयम र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तेक्वान्दो जस्तो मार्शल आर्ट खेलले बालबालिका तथा युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने भएकाले राज्यले यस्ता खेलको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रमका अन्य वक्ताहरूले तेक्वान्दो खेल आत्मरक्षा, अनुशासन र संस्कार विकासको माध्यम भएको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले यस्ता प्रतियोगिताले भविष्यका प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतियोगितामा नव बिहानी तेक्वान्दो डोजाङले १०८० अङ्क सहित प्रथम स्थान हासिल गरेको छ भने दिक्षान्त पाठशालाले ९७० अङ्क सहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै ६३० अङ्क
सहित सूर्योदय तेक्वान्दो डोजाङ तेस्रो र ४९० अङ्क
सहित पिस पोइन्ट डोजाङ चौथो स्थानमा रहन सफल भएका छन्।

 

कार्यक्रम सञ्चालन आईते तमाङले गर्नुभएको थियो भने कार्यक्रमका सभापति ललितपुर तेक्वान्दो कार्य समितिका अध्यक्ष विमल अछामी रहनुभएको थियो। सभापति अछामीले ललितपुरमा तेक्वान्दो खेलको दायरा विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि र सभापतिबाट मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धी भावना, आत्मविश्वास र खेल भावना विकास गर्न सहयोग पुर्‍याएको छ। भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ १९ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

वि.सं.२०८२ माघ १८ आइतवार १२:२३

-तुलसी गिरी ‘भावुक’ प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला...

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०९:२४

काठमाण्डौ । नेपाली गीत संगीतको प्रबद्र्धन र सम्बर्धनका साथै कलाकारहरुको...

चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” सार्वजनिक

चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” सार्वजनिक

वि.सं.२०८२ माघ १५ बिहीवार १३:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

वि.सं.२०८२ माघ १५ बिहीवार ११:०२

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

वि.सं.२०८२ माघ १५ बिहीवार १०:३१

राजधानीबाट अनगिन्ती सञ्चारकर्मीको जम्बो टोली लिएर गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र...