नेपालको आर्थिक विकासको लागि भारतको सहयोग लिन नचुकौँ : अध्यक्ष भुषाल

काठमाडौं । भारतको सवालमा राजनीति शास्त्रका प्राध्यापकहरूले सधैँ भन्ने एउटा कुरा छ, नेपालको हरेक आन्दोलनमा भारतको सदाशयता थियो । २००७ सालको क्रान्ति देखि २०६२ र ६३ को जनआन्दोलन सम्म भारतको साथ, सदाशयताको बखान दलका नेताहरुल नै गदै आएका छन् । तर आर्थिक रूपमा बृहत्तर फड्को मारिरहेको भारतको साथ, सहयोग र सद्भाव नेपालको आर्थिक विकासमा किन लिन खोजिएको छैन भन्ने कुरा आजसम्म सार्वजनिक बहसको विषय बन्न सकेको छैन ।

यही सन्दर्भलाई केन्द्र विन्दूमा राखेर नेपाल भारत मानव विकास एवं मैत्री सङ्घका अध्यक्ष सूर्यप्रसाद भुषालले लामो समयदेखि छिमेकी भारतको सहयोग र सदाशयतामा नेपालको आर्थिक विकास गर्न सकिन्छ तर यसमा दलका नेताहरु तथा नेपाल सरकार चुक्यो भन्दै शान्त पैरवी गर्दै आएका छन् ।

अध्यक्ष भुषाललाई सामान्य पहलले नेपाल भारतको साझा आर्थिक सवालको पैरवी हुन नसक्ने बोध भएपछि उनी देशव्यापी बहसमा उत्रिए । उनले नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत बीचको साझा अवधारणाु विषयक बृहत्तर विचार गोष्ठी, बहस, पैरवी र अन्तर्क्र अघि बढाइरहेका छन् ।

हालसम्म अध्यक्ष भुषालले नेपालका विभिन्न ठाउँमा यस विषयमा बहस चलाइरहेका छन् । उनले हालै मात्र पोखरा, तनहुँ, नवलपरासी ,चितवन, हेटौँडा लगायतका ठाउँमा उक्त बहस सञ्चालन गरिसकेका छन् । जसमा सर्वसाधारणदेखि समाजका अग्रजहरूले उत्साहपूर्ण सहभागिता देखाएका छन् ।

बहसका क्रममा कतै पनि नेपालले भारतबाट आर्थिक सदाशयता लिन पछि पर्नु हुन्न भन्ने मूल विषयमा मत मतान्तर नदेखिएको अध्यक्ष भुषालको टिप्पणी छ । बरु नेपाल र भारतबीच, नेपालको आर्थिक सवालमा साझा अवधारणा निर्माणमा नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वायत्ततालाई केन्द्र विन्दूमा राख्ने बारे सङ्घले शुरुमै स्पष्ट पारेर मात्र बहस शुरु गर्ने गरिएको अध्यक्ष भुषालको भनाई छ ।
नेपालको आर्थिक विकासमा नेपाल भारतवीचको साझा अवधारणा, रणनीति, सहकार्य कस्तो हुने, नेपालले कसरी लाभ लिन सक्छ ? , नेपालको सार्वभौमिकता, अखण्डता र स्वायत्तताको रक्षालाई कसरी सुनिश्चित गर्ने भन्नेबारे हामी जहिल्यै पनि सजग हुनै पर्छ भन्ने मान्यतालाई विशेष ध्यान दिनै पर्ने अध्यक्ष भुषाल बताउँछन् ।

उनी भन्छन् , “नेपाल– भारत बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दश वर्षे योजना बनाएर नेपालको आर्थिक विकासमा सबल बनाउँदै समृद्ध राष्ट्रको अवधारणाको साझा चार्ट बनाऔँ । अध्यक्ष भुषालको खास चासो र चिन्ता भनेकै भारतको आर्थिक विकासको लय नेपालले समात्न नसक्नुमा, नेपाल सरकार र नेपाली नेताहरूको दोष हो ।”

राजनीतिक तथा व्यवस्था परिवर्तनमा नेपालले जसरी भारतको साथ र सदाशयता लियो त्यसै गरी आर्थिक विकासमा पनि सदाशयता लिनु पर्ने अध्यक्ष भुषालको भनाई छ। उनी थप्छन् , “अब भारतलाई नेपालको राजनीति भन्दा बाहिर निकालेर आर्थिक सामाजिक परिवर्तनका लागी उपयोग गरौँ । भारतले नेपालको विकासको लागि खर्बौँ रकम सहयोग गरे पनि धेरै आयोजनाहरू नेपाली राजनीतिको कारण अलपत्र परेको भुषालको दाबी छ जसका कारण नेपालले आर्थिक घाटा बेहोर्नु पर्‍यो।”

विशाल भारतलाई नेपालको विकासको आवश्यकतामा दुष्मनको दृष्टिले नभई मित्रको दृष्टिले हेर्न नसके भारतको प्रगतिको फाइदा नेपालले लिन नसक्ने अध्यक्ष भुषालको दाबी छ ।

नेपालको आर्थिक विकासमा नेपाल र भारतबीचको साझा अवधारणाु विषयक गोष्ठीलाई सङ्घले राष्ट्रव्यापी बहसमा लैजान दर्जनौँ स्थानमा कार्यक्रम गर्ने जनाएको छ । सोही अनुसार यही कात्तिक २५ गते नवलपरासी र २७ गते बुटवलमा गोष्ठीको आयोजना गरिएको सङ्घले जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...