देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर महादेव भट्ट र लक्ष्मी नेपालीको रहेको छ महादेव भट्टको शब्द तथा सङ्गीतमा तयार भएको यो गीत MH Movies तथा Harish Mahara को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दीपक संगम बीसीको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीत मधुमाला डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। देउडा संस्कृतिको मिठास बोकेको यस गीतले गाउँघरको परिवेश, प्रेम र भावनात्मक सम्बन्धलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ। प्रकाश भट्टको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा महेश महराको छायाङ्कन र लोकेश भाटको सम्पादन रहेको छ। भिडियोमा चर्चित कलाकार चेतना काफ्ले र जोन बमको अभिनय देख्न सकिन्छ, जसले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।

वर्ल्ड कभर मिडिया प्रा.लि.को पोस्ट–प्रोडक्सनमा निर्माण गरिएको यस भिडियोले देउडा गीतप्रेमी दर्शक माझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ। मौलिक संस्कृतिलाई आधुनिक प्रस्तुतीकरणसँग जोडिएको “कलेजी खाइ झानो” ले नेपाली लोकसंगीतमा नयाँ स्वाद थप्ने कुरामा विश्वस्त भएको कुरा निर्माण पक्ष्ले बताएको छ। साथै, यस गीतमा नारी सौन्दर्यको भित्री मन र मुटुदेखि गरिएको सजीव वर्णनले दर्शक–श्रोताको मनमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...