सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायिका सुनितामी परियारको नयाँ गीत “माया हिरिक्कै” केही साता अघी सार्वजनिक भएको छ। यस गीतले छोटो समय मै लाखौ दर्शकहरुको माया पाउन सफल भएको छ। 

लोक शैलीको यस गीतमा उनै सुनितामी परियार र चर्चित संगीतकार तथा गायक बसन्त थापाको स्वर रहेको छ भने भिडियोमा स्वयं परियार र चर्चित नायक पल शाहको आकर्षक अभिनय रहेको छ।

गीतमा चर्चित गीतकार नवराज पन्तको शब्द र श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गम्भीर बिष्टको रहेको छ भने पवन सुस्लिङको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ। गायिका सुनितामी परियारले हालसम्म करिब एक हजार गीतमा स्वर दिइसकेकी छन् र गायनसँगै अभिनय तथा नृत्यमा पनि सक्रिय रहँदै आएकी छिन् ।

चार बर्षअघि खेम सेन्चुरीसँग गाएको रुमाल साट्न पर्दैन गीत निकै चर्चित बनेको थियो, जसमा नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । उक्त गीतले युट्युबमा करिब ५० लाख भ्युज पाउँदै उल्लेखनीय सफलता हासिल गरेको थियो। यस्तै पञ्चेवाजा गीत सुनी मायालाई गीतले पनी चर्चा पाउन सफल भएको थियो। उक्त गीतमा सुनितामी परियार सँगै इश्वर सिंहको स्वर रहेको छ ।

करिब डेढ दशकदेखि निरन्तर संगीत क्षेत्रमा सक्रिय परियारले हालसम्म १८ भन्दा बढी देशमा सांगीतिक प्रस्तुती दिइसकेकी छन् । केही समय अघि मात्र जापानका विभिन्न सहरमा एक महिना लामो सांगीतिक कार्यक्रम सम्पन्न गरेर फर्किएकी उनी नयाँ गीत ‘‘माया हिरिक्कै’ मार्फत पुनः दर्शकमाझ आएकी छन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...