मोडल एस. के. दाहालको मोडलिङमा कमब्याक संगै ब्यस्तता बढ्दो

कुनै बेलाका चर्चित मोडल हुन् एस. के. दाहाल । उनको असली नाम सुरेन्द्र कुमार दाहाल हो । उनले आफ्नो नाम छोटकरीमा एस.के. दाहाल राखेको बताउछन् । करिव २ सय भन्दा बढी म्युजिक भिडियो, लोकप्रिय टेली चलचित्र मेरी बास्सै, जिरे खुर्सानी, खास खुस लगायत आधा दर्जन भन्दा बढी टेलिसिरियलहरु र फिल्महरुमा पनि अभिनय गरीसकेका गरेका दाहालले केही समय आफ्नो अभिनय यात्रालाई ब्रेक गरेतापनि अबदेखी निरन्तरता दिने सोच रहेको उनी बताउछन् ।

विगत ७, ८ वर्ष अगाडी चर्चित हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’ को जि.के कला केन्द्रमा भर्ना भई नृत्य सिकेका दाहाल केही महिना पछि कृष्ण फिल्मसमा चर्चित नृत्य निर्देशक शंकर वि.सी. संग डान्स क्लास लिन थालेको र त्यहीँबाट आफ्नो डान्स र अभिनयको यात्रा सुरु भएको उनी बताउँछन्। कृष्ण फिल्मस्मा डान्स सिक्दै गर्दा त्यहाँबाट निर्माण हुने म्युजिक भिडियोहरुमा ग्रुप डान्स गर्ने मौका मिलेको र सुरुवातका दिनहरुमा धेरै दुःख मेहनत गरेर चार सय भन्दा बढी म्युजिक भिडियोहरुमा ग्रुप १०० भन्दा बढी फिल्महरुमा समेत ग्रुप डान्स गरेका छन् । परिश्रम र मेहनतको फलस्वरुप पछि लिडिङ्ग रोलमा अभिनय गर्ने मौका मिलेको एस. के. दाहालले बताए ।

काभ्रे जिल्लाको मेथिन्कोट गा.वि.स. वडा नं. ४ मा पिता रेशम दाहाल र माता भवानी दाहालको कोखबाट जन्मेका कलाकार दाहाल बि.सं. २०६१ साल तीर पढाईको क्रममा काठमाण्डौ छिरेका हुन् । सानै देखि कलाकारीतामा अत्यन्तै रुची राख्ने उनी कलाकारीतामा भने ०६५ सालबाट प्रवेश गरेका हुन् । बि. सं. २०७० सालमा चर्चित गीतकार, संगीतकार लालकुमार बरालको संगीतमा रहेको गीत ‘जुनमा पनि दाग छ’ नामक गीतबाट उनले म्युजिक भिडियोमा डेब्य गरेका थिए ।

सो गीत दर्शकहरुले अत्यन्तै रुचाएका थिए । आशिष म्युजिकबाट बजारमा आएको जुनमा पनि दाग छ म्युजिक भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका थिए । उनीद्धारा पहिलो म्युजिक भिडियो नै मन मस्तिकमा बस्न सफल चर्चित भए पश्चात धेरै गीतहरुमा खेल्ने अफर आएको र चर्चित निर्देशक शंकर वि.सी., कपिल लामा, उज्वल घिमिरे, शिव वि.क. लगायत धेरै नयाँ पुराना निर्देशकहरु संग काम गरेको अनुभव दाहाल बताउँछन् ।

मिहेनत बिना सफल हुन असम्भव हुने भएको हुँदा नयाँ कलाकारहरुलाई मिहेनत गरेर, केही सिकेर आउन नयाँ कलाकारहरुलाई एस.के. दाहालले सुझाव दिन चाहन्छन् । उनले अभिनय गरेका गीतहरु जुनमा पनि दाग छ, बाचा कसम खाको, पलपल झल्को, नाचीदेउ घुमेर, पिरतीको लगन गाँठो, सोध्छु अब जुनलाई लगायत अरु थुप्रै गीतहरुले चर्चा परिचर्चा कमाउन सफल भएका थिए । पछिल्लो समय कला संस्कृती जोगाउने नाममा कलाकारहरुले उल्टै बिकृती जन्य गीत ल्याउने र सांगीतीक क्षेत्रलाई धमिल्याउने कोसिस गरेको उनी बताउछन् । आफ्नो धरातल नबिर्सिनु र आफ्नो परम्परा, कला, संस्कृतीलाई संरक्षण गर्नेमा कलाकारहरुले जोड दिनुपर्ने दाहालले बताए ।

मोडल एस. के. दाहाल म्युजिक भिडियो कलाकार संघ, चलचित्र कलाकार संघ, लोकदोहोरी कलाकार संघ, प्रस्तोता समाज लगायत अन्य संघसंस्थाहरुमा आबद्ध छन् । उनी यति बेला विभिन्न स्टेज कार्यक्रम, टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त छन्।

लामो समयदेखि म्युजिक भिडियोमा देखिँदै आएका दाहालले अभिनय गरेका दर्जनौ सुप्परहिट म्यूजिक भिडियोहरु डिजिटल बजारमा देखिन्छन् । उनले बिभिन्न अवार्ड तथा सम्मानहरु पनि पाइसकेका छन् । मोडलिङ क्षेत्र रुचिको क्षेत्र भएकाले यसै क्षेत्रमा संघर्ष गरेरहेको मोडल दाहाल बताउछन् । दाहालले अहिले सम्म विभिन्न राष्ट्रिय स्तरका अवार्ड पाँचौ पृथ्वी लोक दोहोरी अवार्ड, पाँचौ राष्ट्रिय राप्ती म्युजिक अवार्ड, नेपाली आर्ट कल्चर म्युजिक अवार्ड र विभिन्न राष्ट्रिय स्तरका सम्मान पाउनुका साथै देशको प्रायः अधिकांश जिल्लाहरुमा हुने गरेका विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत दाहालले आफ्नो प्रस्तुती पनि दिइसकेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...