“आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न

प्रकाश बराईली “अभिव्यक्ति”
काठमाडौं / नेपाल

मंसिर १० गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौं द्वारा आयोजित “आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न भएको छ ।

यस प्रतियोगिता सोही समितीका अध्यक्ष सुजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, पशुपति शर्मा, रामजी खाँण, दिपक खड्का, प्रीती आले, प्रकाश सपूत, शान्ती श्री परियार लगायत धेरै कलाकारहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको औपचारिक कार्यक्रम सचिव रामु खड्का र महिला सचिव शर्मिला कंडेलले सहजीकरण गर्दै सञ्चालन गरेका थिए । “आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” मा केन्द्रिय समिती प्रथम हुन सफल भएको छ भने ठमेल समिती द्वितीय हुन सफल भएको छ ।

केन्द्रिय समितीको समुहको टिम क्याप्टेन राजु ढकाल रहेका थिए भने ठमेल समितीको टिम क्याप्टेन सागर बिसि रहेका थिए । उक्त प्रतियोगितामा बेस्ट डिफेन्सर कृष्ण रेउले, उत्कृष्ट गोलकिपर शिव हमाल, सर्वाधिक गोलकर्ता राजु ढकाल, उत्कृष्ट खेलाडी सागर बिसि घोषित सहित पुरिस्कृत भएका थिए ।

केन्द्रिय उप – महासचिव तथा उपत्यका समन्वय समितीका पुर्व अध्यक्ष समेत रहेका शिव हमालको नेतृत्वमा सुरुवात भएको मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कपलाई निरन्तरता दिदै आठौं कप सम्म आएको जानकारी गराउदै कार्यक्रममा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगीदाताहरु प्रती आभार प्रकट गरेका थिए । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई केन्द्रिय अध्यक्ष रमेश बिजि, पशुपति शर्मा, रामजी खाँणले पुरस्कार बितरण गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...