जागरण मिडिया सेन्टरको आयोजनामा “५७ औं अन्तर्राष्ट्रिय जातिभेद तथा  रंग भेद उन्मूलन दिवस” कार्यक्रम सम्पन्न

काठमाडौं, नेपाल ।

एक्काइसौं शताब्दीमा पनि शिक्षित मानिसहरु धेरै बस्ने सहरी क्षेत्रमा समेत जातीय विभेद कायमै रहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त  गरेका छन् । नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई अपराध मानेको भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा जातीय विभेदका घटना बढेको उनीहरुले बताए ।

“५७ औं अन्तर्राष्ट्रिय जातिभेद तथा  रंग भेद उन्मूलन दिवस” का अवसरमा जागरण मिडिया सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता तथा पत्रकार लक्ष्मण दर्नालले २०७७ कात्तिक देखि २०७८ असोज दलित समुदाय माथि भएका घटनाका विषयमा जानकारी गराए ।

यस अवधिमा जातीय भेदभाव तथा छुवाछूतका कारण १८ जनाको हत्या भएको जनाइएको छ । यस्तै ११७ वटा जातीय विभेदका घटना प्रहरीमा दर्ता भएको उनले बताए ।

समता फाउन्डेसनको अध्ययन अनुसार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी ३१ घटनामध्ये १२ वटा घटना कानुनी पहलविना टुंगिएको छ भने १४ घटना मिलापत्रमा टुंगिएका छन् ।

सोमबार “नेपालमा सबै प्रकारका जातीय भेदभाव र छुवाछूत अन्त्य गरौं, राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गरौं ” भन्ने मूल नाराका साथ दिवस मनाउन  लागेकी गर्ने सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताइन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...