“टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र २० गते सम्पन्न हुने, अन्तिम चरणमा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईने

काठमाडौं / नेपाल

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  सुरु भैसकेको आज (चैत्र १९ गते) चौथो दिन भैसकेको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले सहभागिता जनाएका छन् । प्रतियोगिताको चौथो दिन पहिलो चरणको दोहोरी गीत प्रतियोगिता सम्पन्न भएर पनि दोस्रो चरणको प्रतियोगिता भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  को चौथो दिन (चैत्र १९ गते) प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाँकी समूह बिच प्रतिस्पर्धा गराएर दोस्रो चरणको प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता चैत्र २० गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । चैत्र १९ गते प्रतियोगिता सम्पन्न गर्ने आयोजकको कार्यतालिका भएतापनी चैत्र १९ गते एक दिन म्याद थप भएर २० गते सम्पन्न हुने भएको छ । प्रतियोगीहरु बिच कडा प्रतिस्पर्धा भएको कारणले एक दिन म्याद थपिएको हो ।

प्रतियोगिताको चौथो दिन (चैत्र१९ गते) प्रतियोगिता सँगै बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको चौथो दिन प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा झन कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता सुरु भएदेखि हाल सम्म आउने दर्शकहरु, मुख्य प्रायोजक, प्रायोजक, सह प्रायोजक, सहयोगीदाताहरु प्रती आभार प्रकट गर्दै प्रतियोगिताको अन्तिम दिन (चैत्र २० गते) पनि सबैले साथ दिनुहुने छ भन्ने आशा रहेको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजिले बताए ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता बिहान ९ बजे देखि सुरु भएर साझ सम्म समापन गरिने कुरा प्रतियोगी संयोजक एबम प्रतिष्ठानका उप – महासचिव शिव हमालले जानकारी गराए ।

साथै प्रतियोगी बिजेताहरुलाई कार्यक्रम सकिए पश्चात बिजयी घोषणा गर्ने र निर्धारित पुरस्कार बितरण गरिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने अन्य संघ संस्थाहरु तथा ब्यक्तिलाई पनि सम्मान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरण (चैत्र २० गते) जम्मा १२ समूह बिच प्रतिस्पर्धा गराईने जानकारी गराउदै प्रतियोगी समूह बिहान ९ बजे भित्र उपस्थित हुनका लागि प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष एबम प्रतियोगिताका निर्णायक संयोजक चन्द्र शर्माले अनुरोध गरेका छन् ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...