“टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को बिजेता बने जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूह

काठमाडौं / नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता चैत्र १६ गतेबाट सुरु भएर चैत्र २० गते सु – सम्पन्न भएको हो । आयोजकको कार्यतालिका अनुसार चैत्र १९ गते सम्पन्न गर्ने भनिएतापनी धेरै समुहको सहभागिता भएको कारणले एक दिन म्याद थपिएको थियो । प्रतियोगितामा ६१ समूह बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पाचौं दिन (चैत्र २० गते) अन्तिम चरणको प्रतियोगिता सँगै बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको पाचौं  दिन प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने समापन कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसिले गरेका थिए ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भुमिकामा रहेका थिए भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका थिए । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहेका थिए ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  को अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा कडा प्रतिस्पर्धा भएको कारणले दर्शकहरु निकै रमाएका थिए । अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईएको थियो ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो । 

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  मा नगरकोट दोहोरी साझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यस पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेका थिए ।

त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका थिए । यस पुरस्कारको प्रायोजन बिना बुढा मगर, गौचन बुढा मगरले गरेका थिए ।

प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरेका थिए । तृतीय पुरस्कारको प्रायोजन शिरफुल दोहोरी साझले प्रायोजन गरेको थियो ।

प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रुपमा छनौटमा परेकोले रु ५००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परि नगद रु. ५००० सहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परि ५०००/५००० नगद पुरस्कार सहित पुरस्कृत भएका थिए ।

उत्कृष्ट गायक, गायिका तर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पुजा पुनले हात पारेका थिए । उत्कृष्ट गायक, गायिकालाई ७०००/७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यसैगरी प्रतियोगीहरु मध्य सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरुप रु ७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै  रु ५००० नगद पुरस्कार सहित राजु लामिछाने सम्मानित भएका छन् ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को समापन कार्यक्रममा केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो । समापन कार्यक्रममा मुख्य प्रायोजक, प्रायोजक, सह – प्रायोजक, सहयोगीदाता, विभिन्न संघ संस्था, मिडियाकर्मी, निर्णायकहरु लगायत अन्यलाई सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर खटिएर साथ सपोर्ट गर्ने आयोजक, स्वयंसेवक, मुख्य प्रायोजक, प्रायोजक, सह – प्रायोजक, सहयोगीदाता, पत्रकार, विभिन्न संघ संस्था, सुरक्षाकर्मी लगायत अन्यलाई आभार प्रकट गर्नुका साथै लोक दोहोरीलाई सधै माया गर्न अनुरोध गर्दै केन्द्रिय अध्यक्ष रमेश बिजिले कार्यक्रमको समापन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...