“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा को को बने बिजेता ? हेर्नुहोस् बिबरण सहित

काठमाडौं / नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न भएको छ । यस प्रतियोगिता सोही समितिका अध्यक्ष सुजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको हो भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा बहुचर्चित कलाकारहरु पशुपति शर्मा, शंकर बिसि, राधिका हमाल, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, पुर्णकला बिसि, शान्ती श्री परियार, मञ्जिता केसि लगायत थुप्रै चर्चित कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा निर्णायक संयोजक रामजी खाण रहेका थिए भने निर्णायक मण्डलका सदस्यहरुमा बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा आदी रहेका थिए ।

प्रतियोगिताको औपचारिक कार्यक्रम सञ्चालन सचिब रोशन गैरेले गरेका थिए भने सो प्रतियोगिताको कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीले गरेका थिए ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा कमलादी समितिकी पबित्रा सतुङ्गी मगर प्रथम, नयाँ बसपार्क समितिका किरण बिसि द्वितीय, नयाँ बसपार्क समिती कै प्रकाश रसाईली तृतीय, लाजिम्पाट समितिका निश्चल गुरुङ्ग सान्त्वना हुन सफल भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित गीतको अडियो र भिडियो निर्माण गरिदिने ब्यवस्थाको रहेको थियो भने द्वितीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार, तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार, सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको थियो ।

यस प्रतियोगितामा प्रायोजन जापानमा बस्ने समाजसेवी ब्यक्तित्व धन थापाले गरेका थिए भने प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स, द्वितीय पुरस्कार हङकङ बस्ने गीत संगीतप्रेमी उपेन्द्र बिश्वकर्मा, तृतीय पुरस्कार म्याग्दी धौलागिरी गहना पसल, गोङ्गबु, काठमाडौं आदिले प्रायोजन गरेका थिए । प्रतियोगितालाई सफल बनाउन थुप्रै ब्यक्ती तथा संघ संस्थाहरुले सहयोग गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई बिग परिबेश रेकर्डिङ स्टुडियोले नि:शुल्क गीत रेकर्डिङ गरिदिने, लोकप्रिय संगीतकार / गायक श्रीकृष्ण बम मल्लले नि:शुल्क गीत सृजना गरिदिने, चर्चित गायक कुलेन्द्र बिश्वकर्माले नि:शुल्क गीत गाईदिने, चर्चित मोडल एबम निर्देशक शिवन पोखरेलले सुटिङ्गका लागि आवश्यक ईकुप्मेन्टहरु नि:शुल्क उपलब्ध गराउने र अभिनय गरिदिने, लोकप्रिय मोडल मञ्जीता केसिले नि:शुल्क अभिनय गरिदिने, मनास्लु पोस्टका मन बहादुर पुनले नि:शुल्क छायांकन गरिदिने, चर्चित भिडियो सम्पादक बिरेन्द्र भाट “बिपिन” ले नि:शुल्क भिडियो सम्पादन गरिदिने, क्रीयटिभ आई टुर एण्ड ट्राभल्सका दिपेन्द्र प्रकाश केसिले सुटिङ्गका लागि आवश्यक यातायातको ब्यवस्था गरिदिने, रमेश सेञ्चुरीले नि:शुल्क एरेञ्ज गरिदिने, सबैको ब्यवस्थापन पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरिदिने घोषणा भएर उहाँहरुलाई समेत सम्मान गरिएको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” को अवसरमा लोक गीत संगीतमा लामो समय देखि योग्दान पुर्‍याएको भन्दै वरिष्ठ लोक गायक / सर्जक कृष्ण सुधा ढुंगानालाई सम्मान गरिएको थियो । उक्त प्रतियोगितालाई सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । “संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” लाई सफल पार्न ६०% भन्दा बढी प्रायोजक / सहयोग संकलन गर्न सफल भएको र उत्कृष्ट ब्यवस्थापन गरेको भन्दै पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” लाई दोसल्ला ओढाई सम्मान पत्र सहित विशेष सम्मान गरिएको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” लाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सहयोगीदाता, प्रायोजक, पुरस्कार प्रायोजक, सम्पुर्ण समिती, कलाकार / पत्रकारहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सपोर्टको अपेक्षा गरेको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...