गीतकार हरि उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना” सार्वजनिक

काठमाडौँ ।  गीतकार हरि उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना” सार्वजनिक भएको छ । 

वैष्णव परिषद् अमेरिकाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार आयोजना गरेको कार्यक्रममा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको छ ।

सयौँ भक्तजनको उपस्थितिमा धार्मिक गुरु स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका जन्मदिने माता/ पिता तथा कर्म दिने माता/पिता एवं गायक ढकालका माता पिताबाट संयुक्तरुपमा भक्ति एल्बम विमोचन गरिएको हो ।

गीतकार उप्रेतीको अफिसल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘प्रभु वन्दना’मा भीम ढकालको स्वर तथा सङ्गीतकार तृप्ति खड्काको सङ्गीतमा रहेको छ । 

कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत सङ्गीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसक्नुभएको छ । उहाँले  आधुनिक विधामा गीति एल्बम करुणा भाग १ र भाग २ समेत बजारमा ल्याइसक्नुभएको छ ।

त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याउनुभएका गीतकार उप्रेतीले साहित्यको गजल विधामा पनि कलम चलाउनुभएको छ ।

गीत सङ्गीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने गीतकार उप्रेतीले विगत २५ वर्षदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...