गीतकार हरि उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना” सार्वजनिक

काठमाडौँ ।  गीतकार हरि उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना” सार्वजनिक भएको छ । 

वैष्णव परिषद् अमेरिकाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार आयोजना गरेको कार्यक्रममा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको छ ।

सयौँ भक्तजनको उपस्थितिमा धार्मिक गुरु स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका जन्मदिने माता/ पिता तथा कर्म दिने माता/पिता एवं गायक ढकालका माता पिताबाट संयुक्तरुपमा भक्ति एल्बम विमोचन गरिएको हो ।

गीतकार उप्रेतीको अफिसल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘प्रभु वन्दना’मा भीम ढकालको स्वर तथा सङ्गीतकार तृप्ति खड्काको सङ्गीतमा रहेको छ । 

कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत सङ्गीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसक्नुभएको छ । उहाँले  आधुनिक विधामा गीति एल्बम करुणा भाग १ र भाग २ समेत बजारमा ल्याइसक्नुभएको छ ।

त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याउनुभएका गीतकार उप्रेतीले साहित्यको गजल विधामा पनि कलम चलाउनुभएको छ ।

गीत सङ्गीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने गीतकार उप्रेतीले विगत २५ वर्षदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...