“टिका पुन सांगीतिक साँझ” मा टिका पुन संगै नारायाण रामाझी देखी रामजी खाण सम्मको प्रस्तुती रहने

काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” का लागी माघ १७ गते पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न हुदैछ । कार्यक्रममा लोकप्रिय गायिका संगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, पशुपती शर्मा, रामजी खाण, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहने कुरा आयोजक पक्षले बताएको छ ।

पत्रकार सम्मेलनमा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको सभापतित्व रहेको थियो भने लोक स्वर सम्राट राजु परियारको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कृष्ण कंडेल, मिना लामा मन बहादुर पुन, करिश्मा घर्ती, अमृत खाती, धनारज चुनारा, खुम केसी, राज कुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन कमल सरगमले गरेका थिए ।

“टिका पुन सांगीतिक साँझ” दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हालः उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न संघ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

 

टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघी उनले राजु परियार सँग गाएको कती राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए ।

 

टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत १८ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् । “टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल बनाउन आयोजक टिमले कसरत गरिरहेको कुरा बताउदै सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिन कार्यक्रम संयोजक उदिराम खड्काले अनुरोध गरेका छन् ।

 

“टिका पुन सांगीतिक साँझ” आयोजना हुन गईरहेकोमा खुसी ब्यक्त गर्दै टिका पुन भन्छिन् “यो कार्यक्रम आयोजना हुनु मेरो लागी गर्वको कुरा हो । सर्वप्रथम त मेरा भगवानरुपी दर्शकहरुलाई नमन गर्न चाहन्छु । यस कार्यक्रमका संयोजक उदिराम खड्का दाई प्रती पनि आभारी छु । उदिराम खड्का दाईले मलाई दिनरात नभनी भोक निन्द्रा नभनी खटिनु भएको छ । सबैले मेरो कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाईदिनुहोला । साथै पत्रकार मित्रहरुले आफ्नो मिडियाबाट समाचार सम्प्रेषण गरिदिनुहोला । टिका पुन सांगीतिक साँझलाई भब्य रुपमा सफल बनाउन सबैले आ – आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...