दोहोरी गायक सचिन भट्टराई सभामुखद्धारा सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक सचिन भट्टराई गण्डकि प्रदेश सभामुख माननीय कृष्ण धितालबाट एक कार्यक्रमका विच सम्मानित भएका छन् । गोरखा जिल्ला भिमसेन थापा गाऊंपालिका खान्चोकमा ऎतिहासिक जनयुद्ध दिवसको अवसरमा आयोजित ुग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समुद्ध, समाजबाद, उन्मुख नमुना गाऊँपालिका निर्माण शुभारम्भ समारोहुमा भट्टराईलाई सम्मान गरिएको हो ।

भिमसेन थापा गाऊँपालिकाको प्रतिनिधित्त्व गर्दै राष्ट्रिय कलाकारको रुपमा परिचित भई पालिकाको गौरव वढाएको भन्दै अगामि दिनहरुमा निरन्तर प्रगति र योगदानको अपेक्षा सहित भट्टराईको कलाकारिताको उच्च मुल्याडकन गर्दै सम्मान गरिएको हो । गाऊपालिकाको तर्फबाट समावेशी, समानुपातिक, धर्मनिरपेक्ष, संघिय लोकतान्त्रिक गणतन्त्रणको जननी ऎतिहासिक जनयुद्ध दिवसको सम्झना र सम्मान गर्दै ुग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समुद्ध, समाजबाद, उन्मुख नमुना गाऊँपालिका निर्माण शुभारम्भ समारोहुमा उनलाई नगद दश हजार सहित सम्मान प्रदान गरिएको थियो ।

गण्डकि प्रदेश सभामुख माननीय कृष्ण धितालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाऊपालिका प्रमुख लोक प्रसाद बन्जराको सभापतित्व रहेको थियो ।

भट्टराई पछिल्लो समय लाईभ दोहोरीमा चलेका कलाकारहरुको सुचिमा पर्ने गर्छन् । उनले आधा दर्जन भन्दा वढि गितमा आवाज भरेका छन् भने दर्जनौं लाईभ दोहोरी गाएका छन् । उनका चर्चित गितहरु बनैमा स्याऊला छ, नक्कलि कान्छी, चोली ढाकाले, छायाँ सिसाको, छड्के छाता, रानि हजुर, तिम्रो माया आदि हुन् । उनले गाएको लाईभ दोहोरी पनि उतिक्कै चर्चित छन् भने केही शब्दहरु सर्वाधिक हिट छन् । उनले र गायिका रेजिना परियारले गाएको दोहोरीमा आफ्नै जन्मभुमिलाई मध्यनजर गरेर गाएको दोहोरी पनि टिकटकमा हिट भयो ।

कलाकारिता क्षेत्रमा लाग्दै गर्दा आफ्नै गाऊ ठाऊबाट सम्मानित भएको भन्दै भट्टराईले खुसि व्यक्त गरेका छन् । भट्टराई कलाकारिता संगै सामाजिक कार्यमा पनि निकै अग्रसर हुने गर्छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...