पछिल्लो समयका ब्यस्त ध्वनी सम्पादक मनोज परियार “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मान” द्धारा सम्मानित

काठमाडौं । पछिल्लो समयका ब्यस्त ध्वनी सम्पादक मनोज परियार लम्जुङ जिल्ला, भोटे ओडार ३, बल्थुङमा बुवा राम चन्द्र दमाई (परियार) र आमा जुना दमाई (परियार) को कोखबाट बि.सं. २०५१ फागुन ३ गते जन्मिएका हुन् । सानै देखी गीत संगीतमा रुची राख्ने अग्रज कलाकारहरुको गीत सुन्ने रमाउने गर्दथे । त्यसैलेपनी ठुलो भएपछि सांगीतिक क्षेत्रमा प्रबेश गर्ने उनको चाहना थियो ।

बिं.सं. २०७० साल देखी सांगीतिक क्षेत्रमा पाईला टेकेका मनोज परियार यसै क्षेत्रलाई निरन्तरता दिएका छन् । आगामी दिनमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच रहेको कुरा उनले बताए । परियारले हाल सम्म ७०० भन्दा बढी गीतमा ध्वनी सम्पादन गरिसकेका छन् । उनले ध्वनी सम्पादन गरेका गीतहरु मध्य जलजला, नयाँ गलबन्दी, तीज गीत स्यानी माया, तीज गीत पापाकी परी, भिर माहुरी भिरैमा, ईतिहास् बुझिदेउ, उडेको चरी लगायत अन्य गीतले सर्बाधिक चर्चा पाउन सफल भएका थिए । उनले केही दिन अघी सम्माननिय उपराष्ट्रपति नन्द किशोर पुन (पासाङ) को हातबाट “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मान” द्धारा सम्मानित भएका छन् । 

 

उनी भन्छन् “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मानद्धारा सम्मानित भएपछि प्रेरणा संगै चुनौती पनि थपिएको महसुस भएको छ । अझै केही गर्नुपर्ने जिम्मेवारी पनि थपिएको महसुस भएको छ । अग्रजहरुको साथ सपोर्टले गर्दा सांगीतिक क्षेत्रमा अगाडी बढ्न झनै हौसला मिलेको छ । साथै राग स्टुडियोका सञ्चालक एबं चर्चित एरेञ्जर आशिष अबिरल दाईको साथ सपोर्टले अहिले यो स्थानमा छु । उहाँ प्रती बिशेष आभारी छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...