म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” सम्पन्न

काठमाडौं । म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” सम्पन्न भएको छ । यस कार्यक्रम लोकप्रिय मोडल एबं निर्देशक तथा यसै संस्थाका अध्यक्ष शंकर बिसीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रम संगै अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गरिएको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन महासचिव सुनिल लामिछाने गरेका थिए भने बिबिध साँस्कृतिक कार्यक्रम सुनिल लामिछाने र शंकर बिसीले सहजिकरण गर्दै सञ्चालन गरेका थिए । यस कार्यक्रममा थुप्रै चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै यस संस्थामा आफ्नो कार्यकाल पुरा हुन लागेको र केही महिनापछि नयाँ अधिबेशनबाट नयाँ नेतृत्वलाई कार्यभर सुम्पिने कुरा अध्यक्ष शंकर बिसीले बताए ।

सधै अरुका निम्ती खटिने, अरुको भिडियोमा काम गर्ने कलाकारहरुले बर्ष एक चोटी त रमाईलो गरौं । आफ्नो साथीभाईहरु भेटघाट गरौं, सुख दुख साटौ भन्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको कुरा अध्यक्ष शंकर बिसीले बताए । साथै म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्ने जुनसुकै कलाकारहरुलाई पनी सहयोग गर्न तयार रहने बताउदै बिगतमा स्व. निशा घिमिरे र दुरघट्नामा परेर घाईते भएकी मोडल साया भण्डारीलाई म्युजिक भिडियो कलाकार संघ नेपालले आर्थिक सहयोग गरेको कुरा पनि अध्यक्ष बिसीले जानकारी गराए । यस कार्यक्रममा संयोजकका रुपमा चर्चित मोडल सारिका केसी रहेकी थिईन् । कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...