नौमती बाजा बजाउन बोलाएर अपमान गर्ने माओबादी नेता बिरुद्ध बालाजु चौकीका उजुरी हुँदै

काठमाडौं । २१ औं शताब्दीमा सबै मानिसहरु बराबर हौं भन्ने मात्र गरिन्छ । तर पनि त्यही मानवलाई पशुरुपी ब्यबहार गरिन्छ । छुवाछुत निर्मुल पार्न नै जातिय बिभेदका बिरुद्ध ऐन नियम पनि नबनेको होईन । संबिधानमा जातिय बिभेद तथा छुवाछुत कसुर ऐन २०६८ पनी उल्लेख गरियो । त्यो नियम कानुनमा मात्र सिमित भयो र कार्यान्वयन हुन सकेन ।

२०६२ / ०६३ को जन आन्दोलनमा नेकपा माओबादीले दलितका मुद्धाहरुलाई उठाएर दलितलाई अरु सरह बाच्न पाउने अधिकार प्रदान गछौं भनेर झुटो आश्वासन दिएर बिजयी प्राप्त गरेको थियो । चैत्र ९ गतेका दिन काठमाडौं स्थित बनस्थली ढुंगेधारा, शुभकामना चोकमा नेकपा मओबादीका नेता नवराज हुँमागाईको घरमा ब्रतबन्धमा नौमती बाजा बजाउन निमन्त्रणा गरेर नौमती समुहलाई अपमान गरिएको छ । हरेक शुभ कार्यमा नौमती बाजा बजाउने गरिन्छ तर त्यही नौमती बाजा समुहलाई बाजा बजाउन निमन्त्रणा गरेर अपमान गर्नु मानबिय धर्म हो ?

 

नौमती छुवाछुत ब्यबहार गर्ने निजको दाजुभाई कपिल हुँमागाई रहेको कुरा गायक एबं नौमती समुहका सदस्य आयुष परियारले बताए । साथै ब्रतबन्धमा नौमती समुहलाई पानी छुन नदिने, शौचालय प्रयोग गर्न नदिने, खाना खाने बेला तिमीहरु पर बस्नु, यता नजानु पण्डितहरु हुनुहुन्छ छोईन्छ भनेर सिधै भनेको अपमान गरेको कुरा आयुष परियारले जानकारी गराए । २१ औं शताब्दीमा पनी छुवाछुत जस्तो अमानबिय ब्यबहार गरेको मलाई चित्त बुझेन ।

 

शुभकार्यमा हाम्ले बजाएको गाएको शुभ हुने तर शौचालय जान खाज्दा पनी छेकबार गर्न खोज्ने कुरा लगायत उनीहरुको ब्यबहार हाम्लाई पचेन र पिडकहरुसँग प्रत्यक्ष कुराकानी गर्न खोज्दा धम्की दिने, छुवछुत गर्ने ब्यक्तिलाई लुकाउने काम भयो । यसप्रती हाम्रो समुह खेद प्रकट गर्दै बालाजु प्रहरी चौकीमा जाहेरी दिदै छौ । हामीलाई न्याय चाहियो भन्दै मिडिया सामु आयुष परियारले जानकारी गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...