सुरुमा डाईनिङमा काम गरेकी म्याग्देली चेली निरुता पहिलो पटक स्टेज चढेपछि कहिल्यै पछाडी फर्किन परेन

काठमाडौं । धौलागिरी गाँउपालिका वडा नं. ६, मराङ, म्याग्दीमा बुवा ठम बहादुर पुन, आमा मनदेबी पुनको कोखबाट जन्मिएकी गायिका निरुता पुन पछिल्लो समय लाईभ दोहोरीमा ब्यस्त छिन् । उनले आफैले लगानी गरेर बजारमा ल्याएको गीत “म्याग्दी गलेश्वर” (पञ्चेबाजा), लोक दोहोरी गीत “मै राम्री छैन र” चर्चा रहन सफल गीत हुन् । उनलाई सुरुमा आफ्नो घर परिवारले साथ सपोर्ट गरेका थिए भने पछिल्लो समयमा अर्जुन खड्का, मिना अधिकारी, समाजसेवी तथा गामबेशी रोधी घरका सञ्चालक अर्जुन शेरचन, गीता पाईजा, अनुपा थापा, रितु तामाङ, संगै गामबेशी रोधी घर टिमले साथ सहयोग गरेको थियो ।

 

गामबेशी रोधी घरमा ५ बर्ष अघी सुरुमा डाईनिङमा काम गरेकी उनले एकदिन स्टाफ थोरै भएपछि स्टेज चढेर गीत गाउने मौका पाएकी थिईन् । स्टेज चढेर गीत गाएपछि सबैले स्वरको तारिफ गरेर त्यसपछिका दिनहरुमा स्टेजमा गाउन लगाउन सुरु भयो । स्टेजमा गाउन सुरुभएपछि उनलाई पछि फर्केर हेर्न परेको छैन ।

 

 

सानै देखी नाच्न र गाउन हुरुक्क हुने निरुता स्कुले जिवनमा प्रतियोगिताहरुमा भाग लिएर प्रथम हुने गर्थिन् । प्रथम भएपछि साथीहरु र गाउलेहरुले भबिश्यमा यो केटी गायिका बन्छे भन्थे । त्यपसपछि झन म मख्ख पर्थे उनि भन्छिन् । महिला कलाकारहरुलाई काठमाडौंमा असहज थियो तर मलाई सबैले साथ दिएपछि गाह्रो भएन । निरुता पुन म्याग्दी कलाकार संघको सम्पर्क सचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ठमेल समितीको सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य पनि हुन् ।

 

 

गायिका पुनले बिशाल लुम्बिनी म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड पनि प्राप्त गरेकी छिन् । आगामी दिनमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच भएको उनले बताईन् । साथै नयाँ गीतको तयारी पनि गरेको कुरा जानकारी गराईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...