गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोध श्री) को नयाँ गीत “पुतली” सार्वजनिक
वि.सं.२०८० माघ १ सोमवार ०४:३१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोध श्री) को नयाँ गीत “पुतली” सार्वजनिक भएको छ । यस गीतमा गायक तथा सर्जक डि.आर सुजन र लोकप्रिय गायका टीका पुनको स्वर रहेको छ । यस गीतमा बिमला हुमागाइ (बोध श्री) को शब्द, डि.आर सुजनको लय र थेगो रहेको छ ।
बिमला हुमागाई (बोध श्री) को प्रस्तुतिमा रहेको गीत बोध अन्लाईन टिभी युट्युबबाट सार्बजनिक गरिएको हो । यस गीतमा श्यामश्वेत रसाइलीको ध्वनी मिश्रण रहेको छ ।
गीतको भिडियोमा गायक सुजन, प्रेमा लामगादे र बालकलाकार सुजित रेग्मीको अभिनय रहेको छ । भिडियोमा कृषि र गाउले जीवन शैलीलाई समेटिएको छ। डि.आर सुजनको निर्देशन रहेको गीतलाई गणेश सापकोटाले छायांकन गरेका हुन् र नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० माघ १ सोमवार ०४:३१