चर्चित गायिका तृप्ती खड्काको स्वरमा “जय स्वस्थानी माँ” सार्वजनिक
वि.सं.२०८० माघ ३ बुधवार ०६:२८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा स्वस्थानीको ब्रतको अवसरमा चर्चित गायिका तृप्ती खड्काको स्वरमा “जय स्वस्थानी माँ” सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरुको हरेक बर्ष स्वस्थानीको ब्रत बस्ने र स्वस्थानीको ब्रत सकिएपश्चात भजन किर्तन गर्ने प्रचलन छ ।
यसै भजन किर्तनलाई आधारित बनाएर जय स्वस्थानी माँ नामक गीत सार्वजनिक गरिएको हो । यस गीतमा नरेन न्यौपाने (अप्ठ्यारो) को शब्द, संगीत रहेको छ भने चर्चित गायिका तृपत्ी खड्काको स्वर रहेको छ ।
सो गीतको भिडियोमा गायिका तृप्ती खड्का स्वयम् देखा परेकी छिन् । यस गीतलाई नरेन न्यौपानेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० माघ ३ बुधवार ०६:२८