सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायिका सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” केही साता अघि सार्वजनिक भएको छ ।
यस गीतलाई धेरै दर्शकहरुले रुचाईरहेका छन् । “सुनिमायालाई” नामक गीतमा सुनितामी परियार र ईश्वर सिंहको स्वर रहेको छ भने शिव हमालको संगीत, सोरठी नचरी संस्कृति संरक्षण मञ्चको संगीत रहेको छ ।
यस गीतको भिडियोमा बिनोद भण्डारीको कथा/निर्देशन, दिनेश पराजुलीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा बिनोद भण्डारी र सुनितामी परियार, सन्तोष शर्मा, रेजिना सुनामको अभिनय रहेको छ । यस गीतलाई सुनितामी परियारको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६