वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र राजन भुजेल बिश्वकर्माको स्वरमा “मुटुको घाउ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा यथार्थपरक एबं पृथक गीत “मुटुको घाँउ” सार्वजनिक भएको छ।

यस गीतमा जातिय बिभेद तथा अन्तरजातिय प्रेम कथालाई आधारित बनाईएको छ। गैरदलितकी छोरी र दलितको छोरा बिच घनिष्ट प्रेम सम्बन्धलाई असफल बनाउन अन्यको प्रयास जारी रहेको कुरालाई समेटिएको छ।

२१ औं शताब्दीमा छुवाछुत तथा जातिय बिभेद गर्नु मानविय अपराध हो। यदी कसैले त्यस्तो गर्छ भने “जातिय बिभेद तथा छुवाछुत कसुर ऐन – २०६८” बमोजिम कडा भन्दा कडा कारबाही हुने छ भन्ने जानकारी  पनि दिन खोजिएको छ । साथै मायामा धनी गरीब, जातभात केही हुँदैन भन्ने पनि सन्देश दिन खोजिएको छ।

“मुटुको घाउ” नामक गीतमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र चर्चित गायक राजन भुजेल बिश्वकर्माको स्वर रहेको छ भने प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, कृष्ण रेउलेको संगीत रहेको छ । यस गीतलाई रमेश सेञ्चुरीले संगीत संयोजन गरेका हुन् ।

यस गीतको भिडियोमा प्रकाश बराईली “अभिब्यक्ति”को निर्देशन, मरुभुमी नारायणको छायांकन, बिरेन्द्र भाट “बिपिन” को सम्पादन, लोकेश भाटको सह-सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा कृष्ण रसाल, उषा सुबेदी, कृष्ण महर्जन, मदन न्यौपानेको अभिनय रहेको छ । “मुटुको घाउ” नामक गीतलाई Prakash Baraili Avibekti युटब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...